काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश ठाउँमा आंशिक बदली रहने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाको बुलेटिन अनुसार दिउँसो पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली नै रहने छ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
हरेक प्रदेशका केही स्थानमा भारी वर्षाको समेत पनि सम्भावना छ।
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।


