धनगढी– बझाङमा पहिरोमा पुरिएका एकै घरका ४ जनाको मृत्यु भएको छ।
बुंगल नगरपालिका-१० को टुमेडाका वीरबहादुर धामीको घरमा राति पहिरो खसेर ४ जना पुरिएका थिए। मृत्यु हुनेहरूमा दुई जना बालिका रहेका छन्।
प्रहरीका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी रहेका छन्। प्रहरीले उनीहरूको शव निकालिसकेको छ।
पहिरोबाट ६ जना भने ज्यान जोगाउन सफल भएका छन्। उनीहरूलाई प्रहरीले उद्धार गरेको छ।


