कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत दिने भएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले प्रति मृतक एक लाखको दरले राहत दिने घोषणा गरेका हुन्।
गएराति अविरल वर्षाका कारण घरमा पहिरो खस्दा बुङ्गल नगरपालिका–१० स्थित एकै परिवारको ४ जनाको ज्यान गएको थियो।
पहिरोमा पुरिएर धामीकी श्रीमती ५५ काली धामी, जेठी बुहारी २५ वर्षीया गोल्की, नातिनीहरू ६ वर्षीया आकृति र तीन वर्षीया लक्ष्मी धामीको ज्यान गएको छ।
घटनामा परी ६ जना घाइते भएका छन्। मुख्यमन्त्री शाहले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।


