तनहुँ– तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
व्यास नगरपालिका-१२ घाँसीकुवामा ढिस्को खसेर राजमार्ग अवद्ध भएको प्रहरीले जनाएको छ।
१५० मिटरमाथिबाट सडकको ५० मिटर तलसम्म पहिरो खसेर पूर्ण रुपमा अवरुद्ध छ।
पहिरो खुलाउनका लागि प्रहरी परिचालन भइसहेको जनाइएको छ।


