२०८३ कार्तिक १२ गते बुधबार

प्रिमियर लिगमा सिटी, लिभरपुल र टोटेनहमको जित

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २४
haaland12

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी, लिभरपुल र टोटेनहम हट्सपरले जित निकालेका छन्। सिटीको इतिहाद रंगशालामा घरेलु टिमले लिड्स युनाइटेडलाई २-१ गोलअन्तरले हराएको हो।

सिटीको जितमा इल्के गुन्डोगनले दुबै गोल गरेका थिए। खेलको १९ औँ मिनेटमा रियाद महरेजको पासमा गोल गरेका गुन्डोगनले दोस्रो गोल पनि महरेजकै पासमा २७ औँ मिनेटमा गरेका थिए। तर खेलको ८४ औं मिनेटमा पेनाल्टीको अवसरमा चुक्दा गुन्डोगन ह्याट्रिकको अवसर खेर गएको थियो।

पहिलो हाफमा दुई गोलले पछि परेको लिड्सका लागि सान्त्वना गोल ८५ औँ मिनेटमा रोड्रिगोले गरेका थिए।

गएरातिकै अर्को खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई १-० ले हराएको छ। एनफिल्ड रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीलाई जित दिलाउन भर्जिल भान डाइकको पासमा मोहम्मद सलाहले १३ औँ मिनेटमा गोल गरेका थिए। त्यस्तै, टोटेनहमले क्रिस्टल प्यालेसलाई र वुल्भ्सले एस्टोन भिल्लालाई पनि समान १-० गोलअन्तरले हराएका छन्। चेल्सीले बर्नेमाउथलाई भने ३-१ गोलअन्तरले हराएको छ।

यससँगै ३४ खेलबाट ८२ अंक जोडेर म्यानचेस्टर सिटी तालिकाको शीर्षस्थानमा छ भने दोस्रो स्थानको आर्सनलको ७८ अंक छ। ६५ अंक भएको न्युक्यासल तेस्रो स्थानमा, ६३ अंक जोडेको म्यानचेस्टर युनाइटेड चौथो तथा ६२ अंक जोडेको लिभरपुल पाँचौँ स्थानमा छन्।

छैटौँ स्थानमा ५७ अंक जोडेको टोटेनहम हट्स्पर छ।

प्रकाशित: २०८० बैशाख २४ गते आईतबार ०८:४०
प्रतिक्रिया

थप समाचार

साफको उपाधि चुम्नबाट चुक्यो नेपाल

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका भएको बंगलादेशविरुद्धको खेलमा नेपाल पराजित भएको छ। घरेलु टोली नेपालले ४-१ गोलले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...

साफ यु-२० च्याम्पियनसिप फुटबल उपाधिका लागि भिड्दै नेपाल र बंगलादेश

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दैछन्। सेमिफाइनलमा दुवै टोली टाइब्रेकरमा जित हात पार्दै फाइनल पुगेका हुन्। सेमिफाइनलमा नेपालले भुटानलाई...

साहारालाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा

कपिलवस्तु- नेपाल पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा साहारा क्लबलाई १–० गोलले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो। पुलिसका लागि शिशिर...

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई   

भोजपुर- प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ। अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो। जितसँगै देराउराली फुटबल क्लबले नगद तीन...

फिफा वरीयतामा नेपाल २ स्थान तल चिप्लियो, दक्षिण एसियामा भारत पहिलो

काठमाडौं– फिफाको विश्व वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली दुई स्थान तल झरेको छ। बिहीबार अद्यावधिक भएको नयाँ विश्व वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ। यसअघि नेपाल १७३औँ स्थानमा थियो। नोभेम्बरमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना