काठमाडौँ- पाँच दिने भारत भ्रमण सकेर परराष्ट्रमन्त्री आरजु देउवा राणा स्वदेश फर्किएकी छन्। अपरान्न साढे ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राणा अवतरण गरेकी हुन्।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै राणाले मोदीसँगको शिष्टाचार भेटमा दुईपक्षीय सम्बन्ध थप बलियो बनाउने विषयमा कुराकानी भएको बताइन्।
भेटमा केपी ओलीका तर्फबाट नेपालको राजकीय भ्रमण गर्न मोदीलाई निम्तो पनि आफूले दिएको उनले बताइन्।
राणाले भारतीय समकक्षी एस जयशंकरसँगलाई पनि हैदरावाद हाउसमा भेट गरेकी थिइन्। भेटमा व्यापार, पाहरवाहन, हवाई पञ्चेश्वर, सीमा पूर्वाधारलगायका क्षेत्रमा छलफल भएको बताइन्।
थप तस्बिर:


