तनहुँ- तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना सवार रहेको खुलेको छ।
पोखराबाट काठमाडौँ हिँडेको भारतीय नम्बर यूपी ५३ एफडी ७६२३ को गाडीमा उनीहरू सवार रहेको खुलेको प्रहरीले जानकारी दिएको हो।
दुर्घटनामा परी मृत्यु भएका १४ जनाको शव निकालिएको छ भने १६ जना घाइतेको उद्धार भएको छ।
यात्रुहरू भारतको गोरखपुरबाट आएको प्रहरीले जनाएको छ। बसमा सवार सबै यात्री भारतीय नागरिक भएको प्रहरीले जानकारी दिएको छ।
बुधबार र बिहीबार राती पोखरामा बसेर काठमाडौँ आउने क्रममा बस दुर्घटनामा परेको हो।
अहिले उद्धार कार्य जारी छ।


