मुस्ताङ- मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमाथि धौलागिरी हिमालनजिकै हिमपहिरोले थुनिएको नदी खुल्न थालेको छ।
शुक्रबार दिउँसो आएको हिमपहिरोका कारण स्थानीय छिप्लुङ खोला थुनिएको थियो।
वडा नम्बर २ का अध्यक्ष गौतम शेरचनका अनुसार, किनारमा रहेका बस्तीहरूलाई सुरक्षित ठाउँतर्फ अवतरण गराउने काम भइरहेको छ।
अहिले विस्तारै खोला खुल्न थालेपछि नदी आसपासका क्षेत्रमा ठूलो क्षति बाट बच्न सकिने उनले बताए।
बोक्से खोलामा पानी नआएपछि प्रहरीको टोली निरीक्षणमा गएको थियो।


