२०८३ कार्तिक ११ गते मङ्गलबार

एनआरएनए अमेरिकाले बनायो ‘नागरिकता आयोग’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ८
nrna_usa

टेक्सास (अमेरिका)- गैरआवासीय नेपाली सङ्घ अमेरिकाले नागरिकता आयोग २०२४ गठन गरेको छ। गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनको पक्षमा पैरवी गर्न सङ्घका अध्यक्ष डा.अर्जुन बञ्जाडेको अध्यक्षतामा नागरिकता आयोग गरिएको प्रवक्ता राजन पन्तले बताए।

गैरआवासीय नेपाली सङ्घ अमेरिकाद्वारा गठन गरिएको नागरिकता आयोगका सदस्यमा क्रमशः डा.अम्बिका अधिकारी, पूर्ण अधिकारी, डा.रुद्र अर्याल, दिक्षा बस्नेत, हरिबोल भण्डारी, आनन्द विष्ट, खगेन्द्र जीसी, रतन झा, गौरीराज जोशी, डा श्याम कार्की, प्रल्हाद केसी, तिलक केसी, डा.विष्णुमाया परियार, डा.दामोदर पौडेल, डा.केशव पौडेल, डा.आमोद पोखरेल, शिव राई, सुनील साह, डा पुरु श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, तारा सिग्देल, बुद्धी सुवेदी, मोहन थापा, सञ्जय थापा, रविना थापा, सुमन तिम्सिना तथा सदस्य सचिवमा गोपेन्द्र भट्टराई रहेको सङ्घले जनाएको छ।

नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरे पनि आवश्यक ऐन कानून निर्माण नगर्दा गैरआवासीय नेपालीहरुले नेपाल सरकारका सेवा लिनका लागि निकै झन्झट व्यहोर्नुपरिरहेको छ। गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र आवश्यक ऐन कानुन निर्माणका लागि रचनात्मक दबाव र वकालत गर्न आवश्यक देखिएकाले नागरिकता आयोग गठन गरिएको प्रवक्ता पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्दै गैरआवासीय नेपालीहरुले विगत लामो समयदेखि नेपाली नागरिकताको निरन्तरता खोजिरहेका छन्। लामो समयदेखिको दबाबका कारण नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भए पनि आवश्यक ऐन कानुन निर्माण हुन नसक्दा गैरआवासीय नेपाली नागरिकता पूर्णरुपमा कार्यान्वयनमा आउन सकिरहेको छैन।

एनआरएनए गैरआवासीय नेपालीहरूको प्रतिनिधिमूलक संस्था भएकाले गैरआवासीय नेपाली नागरिकताका लागि पूर्ण कार्यान्वयनको पक्षमा वकालत गर्ने निर्णय गरिएको गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा.बञ्जाडेले बताए।

प्रकाशित: २०८१ भदौ ८ गते शनिवार ०२:०९
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना