काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले ‘भात रोटी’ खाने तर घुस नखाने बताएका छन्।
नेपाल प्रहरी परिसर भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने भएकाले सोही अनुसार काम गर्न प्रहरीलाई निर्देशन दिएका हुन्।
सरुवाबढुवाका लागि झोलामा पैसाको थैली बोकेर नेताहरुका घर घर नधाउन प्रहरी कर्मचारीलाई उनले निर्देशन दिए।
काठमाडौं प्रहरी परिसर अत्याधुनिक भवनमा सरेकोमा उनले धन्यवाद दिँदै सेवा पनि गुणस्तरीय दिन निर्देशन दिए। कर्तव्य पालनका लागि उनले निष्पक्ष र दबाब रहित गर्न आग्रह गरे।
फरक प्रसंगमा ओलीले आफू हनुमान ढोकामा महिनौं बसेको र त्यहाँका उडुससँग पनि परिचित रहेको बताए।


