काठमाडौँ- राष्ट्रपति रामचन्द्र पाैडेल ललितपुरकाे पाटनस्थित कृष्ण मन्दिर पुगेका छन्।
श्रीकृष्ण जन्माष्टमी पर्वकाे उपलक्ष्यमा पौडेल श्रीमती सवितासहित पुगेर भगवान श्रीकृष्णकाे पूजाअर्चना गरे।
पाैडेल दम्पतीले भगवान् श्रीकृष्णकाे टीकाप्रसाद ग्रहण गरेका थिए।
राष्ट्रपति पाैडेल पाटन कृष्ण मन्दिर पुग्दा ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, सांसदहरूलगायतले स्वागत गरेका थिए।
हिन्दू धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमीमा सोमबार देशभर भगवान श्रीकृष्णकाे पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदै छन्।


