२०८३ कार्तिक १३ गते बिहिबार

गगनको प्रतिवेदन संशोधन हुने, विश्वको के हुन्छ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १५
deuba_gagan_bishwa

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिमा पेस गरेको प्रतिवेदन संशोधन हुने भएको छ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले महामन्त्री थापाको प्रतिवेदन संशोधन गर्ने सहमति जुटाएको हो। बैठकमा वर्तमान पदाधिकारी र पूर्वपदाधिकारी सहभागी थिए।

संशोधित प्रतिवेदन भोलि बस्ने केन्द्रीय समिति बैठकमा पेस गरिने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

‘महामन्त्रीको प्रतिवेदनलाई परिमार्जनसहित केन्द्रीय समितिमा पेस गर्ने निर्णय भएको छ,’ ती नेताले भने।

अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन भने संविधानसँग सम्बन्धित रहेका त्यही बेला छलफल चलाउने निर्णय भएको छ।

थापाको प्रतिवेदनमा आगाामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने उल्लेख थियो भने शर्माको प्रतिवेदनमा एक्जिट पोलिसीसम्बन्धी विषय समावेश थिए।

केन्द्रीय समिति बैठकमा महामन्त्री थापा र महामन्त्री शर्माले पेस गरेको प्रतिवेदनका विषयमा देउवा र महामन्त्रीद्वयबीच मतैक्यता हुन सकेको थिएन।

मंगलबार पनि देउवाले प्रतिवेदनको भाषा संशोधन गर्न दुवै महामन्त्रीलाई आग्रह गरेका थिए। तर थापा र शर्माले पछि नहट्ने अडान लिएपछि निष्कर्षमा पुग्न सकेको थिएन।

केन्द्रीय समितिमा आफू पक्षधर तीन चौथाईभन्दा बढी भएपनि देउवाले बहुमतबाट निर्णय लिन चाहेनन्। त्यसरी बहुमत सदस्यबाट मतदानका आधारमा निर्णय लिँदा पार्टीमा मतविभाजन हुन सक्ने उनको ठहर छ। त्यसले उनले सर्वसम्मतिका लागि महामन्त्रीहरूसँग लगातार छलफल गर्दै आएका छन्।

पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले एक्जिट पोलिसीका विषयमा प्रस्ताव गरेका थिए। यी दुवै विषयमा सभापति देउवाका ‘रिजर्भेसन’ थिए।

एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने शर्माको प्रस्ताव छ। यद्यपि सांसद भने जति पटक पनि बन्न पाउने गरी संशोधन गर्न आफू तयार रहेको शर्माले बताउँदै आएका छन्। तर शर्माको प्रस्तावलाई देउवासहितका उनी पक्षका नेताहरूले राष्ट्रपतिबाहेकका कुनै पनि पदमा यतिउति पटक भनेर तोक्न नहुने गरी संशोधन गर्नुपर्ने बताउँदै आएका छन्।

महामन्त्रीहरूका प्रतिवेदनमा कुरा नमिलेपछि देउवाले कांग्रेसको केन्द्रीय समिति बैठकको मिति पटकपटक सारिसकेका छन्।

प्रतिवेदन संशोधन गर्न महामन्त्री तयार नहुँदा साउन २३ सुरु भएको बैठक २८ सम्म चलेको थियो। तर सकिनै नपाई बीचमै स्थगित भयो। स्थगनपछि भदौ ७ मा बसेको बैठक भदौ १२ गतेका लागि सारियो। अब बैठक भदौ १६ गते दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ।

महामन्त्री थापाको प्रस्तावमा १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुने सुनिश्चित गर्नुपर्नेसमेत उल्लेख छ।

यसपछि लामो प्रयास गरेर देउवाले थापाको प्रतिवेदन संशोधन गर्ने सहमति जुटाएका हुन्। शर्मा प्रस्ताव संविधान संशोधनका बेला छलफल गरिने सहमति छ।

प्रकाशित: २०८१ भदौ १५ गते शनिवार १२:३१
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना