काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा नै सांसद अमरेशकुमार सिंहले कपडा खोलेका छन्। सोमबारको बैठकमा सांसद सिंहले कपडा खोलेका हुन्।
बैठक सुरु भएपछि सांसदहरु अमरेशकुमार सिंह र प्रेम सुवालले उठेर अवरोध गरेका थिए। उनीहरुले बोल्नका लागि समय माग गरेका थिए।
सभामुखले बारम्बार बस्न आग्रह गरे। तर बोल्नका लागि समय दिएनन्। सभामुखले समय नदिएपछि सांसद सिंहले सर्ट कपडा खोलेर विरोध गरेका थिए।
सांसद सिंहले कपडा खोलेर विरोध गरेपछि सभामुखले अशिष्ट व्यवहार गरेको भन्दै चेतावनी दिएका थिए। पछि सांसद सिंहले सर्ट लगाएका थिए।


