काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ वटा संकायका डिनका लागि आवेदन माग गरेको छ। त्रिवि सभा तथा कार्यकारी परिषद् छनौट समितिले विभिन्न संकायको डीनका लागि आवेदन माग गरेको हो।
अध्ययन संस्थान तथा संकायका डीनसँगै शिक्षा तथा विकास अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक तथा योजना निर्देशनालयको निर्देशक पदका लागि समेत आवेदन माग गरेको हो।
चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, कृषि र पशुविज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिनका लागि आवेदन माग गरेको हो।
व्यवस्थापन सङ्काय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, शिक्षा शास्त्र संकायको डिनका लागि समेत आवेदन माग गरेको हो।
शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक र योजना निर्देशनालयको निर्देशकका लागि समेत आवेदन माग गरिएको छ।
राजनीतिक दलसँग आबद्ध नरहेको स्वघोषणा गरी ७ दिनभित्र आवेदन दिन त्रिविले माग गरेको छ। दलका सदस्य पाइए कारबाही गरिने त्रिविले जनाएको छ।


