काठमाडौँ- ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन्।
माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस-एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन्।
कांग्रेससँग असन्तुष्ट समूहले पाण्डेलाई साथ दिएपछि पाण्डेको विजय सहज बनेको हो।
पाण्डे विजयी बनेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उत्साहित बनेका छन्।
‘तपाईंहरुको अथक मेहेनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्।


