काठमाडौँ– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाउन माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू सत्तापक्षकै भएपनि मन्त्रीको जिब्रोमा ब्रेक लगाउन आग्रह गर्नुपर्ने अवस्था आएको बताएका हुन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका थिए। गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको खतिवडाको भनाइ छ।
सांसद खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिन पनि माग गरे।
गुरुङको अभिव्यक्तिका विषयमा विभिन्न क्षेत्रमा आलोचना हुने क्रम जारी छ।


