चिकित्शा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा गरेको त्रुटिविरुद्धमा परीक्षार्थीहरूले विरोध प्रदर्शन गरेका छन्।
चिकित्सा शिक्षा आयोगको कार्यालय अगाडि एमबीबीएस र पारामेडिकल विषयमा स्नातक अध्ययनका लागि प्रवेश परीक्षा दिएका विधार्थीहरुको विरोध प्रदर्शन गरेका हुन्।
विद्यार्थीहरूले ओएमआर सीट हेर्न पाउन माग गरेका छन्। यस्तै उत्तरपुस्तिका पनि देखाइनुपर्ने उनीहरुको माग छ।
यस्तै प्रश्नपत्रका सेट पनि हेर्न पाउनुपर्ने उनको भनाइ छ।


