काठमाडौँ- ‘आज सार्वजनिक बिदा’ भन्दै हल्ला फैलाएको आरोपमा एक जना युवा पक्राउ परेका छन्।
गृह मन्त्रालयको फेक सूचना बनाएको आशंकामा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिइएको चितवन प्रहरीले जानकारी दिएको हो।
गृह मन्त्रालयको पुरानो सूचनालाई एडिट गरी भदौ १९ गते (बुधबार) को सूचना बनाएर सार्वजनिक बिदा दिइएको हल्ला फैलाइएको थियो।
उक्त कार्य गरेको आशंकामा युवा पक्राउ परेपनि उनले नै उक्त काम गरेको भन्ने निर्क्योल हुन बाँकी छ।
उनले नै त्यसरी फेक सूचना फैलाएको पुष्टि भए सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।
मन्त्रालयको लेटरप्याडमा फेक सूचना तयार पारी फैलाइएपछि मन्त्रालयले साइबर ब्युरोलाई पत्राचार गरेको थियो।
यसपछि ब्युरोले जिल्ला प्रहरी कार्यालय चितवनलाई सम्पर्क गरेको थियो।
कार्यालयले ती व्यक्तिलाई अहिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


