सिरहा- सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका-२ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथीले हत्या गरिएको छ।
मलेसियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेको हो।
वैदेशिक रोजगारीका लागि २ वर्ष अगाडि मलेसिया पुगेका रुपेशलाई उनीसँगै काम गर्ने निलम गुरुङले हत्या गरेको आरोप छ।
घटनाको जानकारी पाएलगत्तै मलेसिया प्रहरीले तत्कालै निलम गुरुङलाई नियन्त्रणमा लिएको छ।
दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै परिवार र स्थानीयले सरकारसँग सहयोगको अपिल गरेका छन्।
रुपेशको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको जनाइएको छ।


