जनकपुरधाम- धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका हुन्।
मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेका उनले बताए।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार उनीहरु मामली हजुरबुबा महावीर साह घरमा भोज खान आएका थिए।
डुब्ने बालकहरु महावीर साहका तीन छोरीका जेठा छोराहरु रहेको प्रहरी निरीक्षक साहले बताए।
बुधबार साँझ साढे ७ बजेतिर उनीहरू डुबेका थिए।
तीनै जना बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ।


