काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई नजिकबाट नियालिरहेको बताएका छन्।
प्रतिनिधि सभामा सम्बोधन गर्दै रास्वपाका सभापतिसमेत रहेका लामिछानेले दोषीलाई मिलिजुली उम्काउने काम नगर्न चेतावनीसमेत दिए।
‘दोषी कोही नउम्किउन्। मिलीजुली एक–अर्कालाई जोगाउने काम नहोस्,’ उनले भने, ‘हामी यसलाई अत्यन्त नजिकबाट नियालिरहेका छन्।’
ताप्केको बिँड तात्दै गर्दा स्वयम् ताप्के भने सेलाएको उनको टिप्पणी थियो। ‘ताप्केको बिँड तात्यो, तात्दै गरेको ताप्के भने सेलाएको छ,’ उनको कटाक्ष थियो।


