काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध गरिएको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।
सर्वोच्चले ढाकामाथि कारबाही गर्नुको कारण पेस गर्न समेत आदेश जारी गरेकव छ। यसका साथै अन्तरिम आदेश जारी गर्ने विषयमा छलफलसमेत भएको इजलास अधिकृत गम्भीर राना मगरले जानकारी दिएका छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि अढाई करोड रूपैयाँ पार्टीको कोर टिमलाई बुझाउनुपर्ने भएकाले उक्त रकम माग गरेका थिए। प्रसाईँसँग भएको कुराकानी बाहिरिएपछि रास्वपाले उनको सांसद पद खारेज गर्न सभामुखलाई सिफारिस गरेको थियो। त्यसविरुद्ध सर्वोच्च गएका ढाकाका पक्षमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।


