काबुल- गत वर्ष मात्र १ लाख ७८ हजार अफगानी शरणार्थी विदेशबाट स्वदेश फर्किएका छन्।
पाकिस्तान, इरान र टर्किएलगायतका देशमा शरणार्थी जीवन बिताइरहेका अफगानीहरू मातृभूमि फर्किएका हुन्।
गत हप्तामा ३० हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका थिए।
‘स्वदेश फर्किएकामध्ये करिब २५ सय पाकिस्तान, करिब १९० टर्कीका र बाँकी इरानबाट फिर्ता आएका हुन्,’ अफगान सरकारको गृह मन्त्रालयले भनेको छ।
अफगानस्तानको कार्यवाहक सरकारले अफगानी नागरिकलाई विदेशमा शरणार्थीको रूपमा बस्न छोडेर स्वदेश फर्कन र मातृभूमिको पुनर्निर्माणमा योगदान दिन बारम्बार आह्वान गर्दै आएको छ।


