२०८३ कार्तिक १२ गते बुधबार

पर्यटक घटेपछि सुनसान छ घले गाउँ

 |  रासस
Sanket

रासस

काठमाडौँ, भदौ २४
lamjung-ghale-gaun

लमजुङ– विविधताको खानी हो घलेगाउँ। शीरमा सुन्दर सेतो हिमाल। मध्य भागमा जङ्गल। अनि फेदमा घलेहरुको बाहुल्य रहेको गाउँ। ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको गाउँ हो यो।

जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्द्री सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगाउँ क्व्होलासोथर गाउँपालिका-३ मा पर्दछ।

यस गाउँमा जिल्लाभरमै सबैभन्दा बढी पर्यटक आउने गर्छन्। मुलुककै पहिलो स्मार्ट भिलेज, खुसी गाउँ र दक्षिण एसियाकै नमूना गाउँको रुपमा परिचित छ । जिल्लाका धेरै गुरुङ गाउँहरुले पर्यटकीय सम्भावना बोकेका छन्।

यीमध्ये घलेगाउँ फरक शैली र पर्यटन क्षेत्रमा फड्को मार्दै जिल्लाकै उदारणीय गाउँको रुपमा परिचित छ।

यतिबेला यहाँका स्थानीय एवं घरवास (होमस्टे) सञ्चालकहरु पर्यटकको पखाईमा छन्। दैनिक दुई सय देखि तीन सय पर्यटक आगमन हुने यहाँ बर्खा लागेसँगै पर्यटकको आगमन ह्वात्तै घटेपछि सुनसान जस्तै बनेको छ।

त्यसैले घरवास सञ्चालकहरु यतिबेला बर्खायाम सकिने क्रमसँगै पर्यटकको स्वागत, सत्कार गर्न आतुर भएका हुन्।

ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव तथा घरवास सञ्चालक दीर्घराज घलेले असार लागेसँगै पर्यटक नहुँदा सुनसान रहेको यस गाउँमा अब बर्खा सकिन लागेकाले मौसम सफा हुने, यहाँ आउने बाटोहरु सफा हुने भएकाले पर्यटक आउने बेला हुन लागेको बताए।

यहाँका घरवास सञ्चालकले यतिबेला सुत्ने कोठाहरु सफा गर्ने, पर्यटकका लागि आवश्यक सामग्री तयार गर्न थालेको उनको भनाइ छ।

घरवास सञ्चालक हेमकुमारी गुरुङले भनिन्, ‘बर्खा लागेर तीन महिना पर्यटक ठप्प जस्तै हुँदा दुई चार पैसासमेत आम्दानी छैन, अब बर्खा सकिन लाग्यो पर्यटक आउने र आम्दानी हुने पर्खाइमा छौं।’

होमस्टेमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइ राख्न जुटेका उनीहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्य प्रस्तुत गर्ने गरिन्छ।
यहाँका अधिकांश घरवास सञ्चालकको मुख्य आम्दानीको स्रोत नै पर्यटन हो । यहाँ पर्यटकीय सिजनमा प्रति घरवासले ५० हजारभन्दा बढी आम्दानी गर्छन्।

पर्यटक नहुँदा फुर्सदिला बनेका घरवास सञ्चालक पर्यटक पर्खदै उनीहरुका लागि आवश्यक अर्गानिक सामग्रीको तयारीमा व्यस्त छन्।

गाउँमा आएका पर्यटकलाई स्थानीयले स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा लगाइदिने गर्दछन्। अनि गुन्द्रुक, मकै भटमास, कोदोको सेलरोटी, चियालगायत परिकारहरु खुवाउँछन्।

स्वागत र विभिन्न परिकारहरु पर्यटकलाई दिएपछि गुरुङ संस्कृतिको गीत तथा नाचहरु प्रस्तुत गरी पर्यटकलाई भरपूर मनोरञ्जन दिलाउँछन्।

पर्यटकलाई घरमा लगेर गुरुङ संस्कारमा आधारित घाटु, कृष्ण चरित्र नाच, घ्याबे्र, लामा, सोरठीलगायतका परम्परागत नृत्यहरु प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो।

यसबाट आफ्ना संस्कार र संस्कृतिको जर्गेना हुने र पर्यटकले यसबारे जानकारीसँगै मनोरञ्जन लिने गरेको पर्यटन व्यवस्थापन समिति, घलेगाउँका अध्यक्ष तथा क्होलासोथर गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर घलेले बताए।

पर्यटकको पर्खाइमा बसेका घलेगाउँबासीहरु पर्यटक आगमन हुँदा उत्साहित हुने उनको भनाइ छ । घलेगाउँमा घरवासको क्षमताभन्दा बढी पर्यटक आउने बेलामा अन्य छिमेकी गाउँका घरवासमा पठाउने गरेको उनले जानकारी दिए।

उक्त समितिका अनुसार विसं २०५७ बाट सञ्चालनमा आएको यस घरवास (होमस्टे)मा यतिबेला ४४ घरमा घरवास (होमस्टे) सञ्चालनमा छन् । एक रातमा तीन सय जना बास बस्ने क्षमता छ।

साथै यहाँ दुई वटा होटल सञ्चालनमा छन्। होमस्टेमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइ राख्न जुटेका उनीहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्य प्रस्तुत गर्ने गर्दछन्।

विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । स्मार्ट भिलेज तथा खुसी गाउँ घोषणा केही वर्षअघि भइसकेको छ।

नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घलेराजाले अन्तिम राज्य सञ्चालन भएको गाउँ हो यो। यस गाउँमा करिब १३५ घरधुरी छन्।

यहाँबाट आठ हजार १६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार ८३५ मिटरमा रहेको ङादीचुली (डा हर्क हिमाल), सात हजार ९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), छ हजार ९६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल, सात हजार ८९३ मिटर उचाइको हिमालचुली, छ हजार ९८६ मिटर उचाइको लमजुङ हिमाल र छ हजार ६७२ मिटर उचाइको बुद्व हिमाल देखिन्छ।

यहाँ अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ। घलेगाउँमा प्रतिव्यक्ति एक रातको एक हजार २५० शुल्क लिइन्छ। सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ।

साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन्। घलेगाउँ काठमाडौंंबाट तनहुँको डुम्रे बजार हुँदै बेंसीसहरसम्मको १७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेंसीसहरसम्म ११० किमीको दूरीमा रहेको छ। बेंसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ।

प्रकाशित: २०८१ भदौ २४ गते सोमबार ०७:३९
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना