२०८३ कार्तिक ११ गते मङ्गलबार

यस्तो हुन्छ अन्यायको दुष्चक्र

 |  आभूषण तिम्सिना
Sanket

आभूषण तिम्सिना

काठमाडौँ, बैशाख २५
Avusan timsina

जब आममानिस घर वा जग्गाको हालसाबिक नभएको कारणले घरमा खानेपानीको पाइप जोड्न नसकिरहेको अबस्थाको बिकास हुन्छ। आममानिस आफ्नो मोटरसाइकलमा चढेर काममा जान हतारिएर हिँडेका बेला थुप्रै स्थानमा बीच सडकमा ट्राफिक प्रहरी लाइसेन्स खोजेर बसेको थुप्रै स्थानमा देख्छ तर त्यही आममानिसको रुपमा तपाईंले ट्राफिक प्रहरीले महंगा गाडी चढेर हिड्ने चिल्ला र महंगा गाडीहरूलाई आजसम्म कतिपटक रोकेर चेक जाँच गरेको भेट्नुभएको छ? के तपाईंंले चढेको मोटरसाइकल र कार किन्दा तपाईंले तिरेको मुल्य बास्तबमा कति हो भनेर थाहा पाउनुभएको छ? के तपाईंका सन्तान पढ्ने सरकारी विद्यालयमा शिक्षाको गुणस्तर खस्केको कारण तपाईंले अपारदर्शि ढंगले शुल्क लिने नीजि विद्यालयहरूमा सन्तान पढाउनु भएको छ?

के तपाईं बिरामी हुँदा सरकारी अस्पतालमा जान निर्धक्क सक्नुहुन्छ? सरकारी अस्पतालका बेथिति र अस्तब्यस्तताको कारण तपाईंले महंगा अस्पतालमा गएर पानी सरह पैसा लुटाउनुपरेको छ? के तपाईंले सवारी साधनको कर बुझाउँदा या सवारी साधन किन्दा सडक मर्मत कर तिरेर पनि तपाईंले प्रयोग गर्ने बाटो अस्तब्यस्त पाउनुहुन्छ? के तपाईंलाई थाहा छ यो देशमा २०४६ सालदेखि सडक पिच गर्ने नाममा प्रत्येक वर्ष कति पैसा भ्रष्ट सरकारी अधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता, दलाल, ठग, ठेकेदारहरूले कुम्ल्याएका छन् (ठेकेदारहरूबीच चर्चित पिसी के हो?)? के तपाईंको घर छेउको महंगो जमीन छेउमा महंगो मूल्य तिरेर कुनै काम नगर्ने, गुन्डागर्दी गर्ने, तस्करी गर्ने, नेताको पैसा चलाउने, मानिसले महंगो महल ठड्याएको छ? के तपाईं आफ्नो कामको सिलसिलामा कुनै सरकारी कार्यालय (मालपोत, नापी, कर, राजस्व, भन्सार, जिल्ला प्रशासन कार्यालय, प्रहरी आदि) मा गएको बेला तपाईंको हुने काम नगरीकन झुलाएर कुनै दलाल या दलको नेताको साथ लागेर गई दाम बुझाएर आफ्नो काम गराउनु परेको छ?

के तपाईंले बनाएको मन्दिर भित्र तपाईंको जातको कारण मन्दिर प्रबेश गर्नबाट बञ्चित हुनुभएको छ? के तपाईंले खनेको इनारको पानी खानबाट तपाईं बञ्चित हुनुपरेको छ? के तपाईंले सिलाएको लुगा लगाउने साहुले तपाईंलाई घरको तुलसी मोठ छुन नदिएको छ? के तपाईंले देख्दा देख्दै हिजो सडकमा हिँड्ने कुनै उल्लेखनीय काम नगर्ने सामान्य मानिस करोडौंको मालिक बनेको छ? के तपाईंले देख्दा देख्दै ३०सौं वर्ष सरकारी जागिर खाँदा केही नगरी अबकास गएको मानिस चाकरि, चाप्लुसी, नातावाद, कृपावाद, झोले भएकै भरमा राज्यका संवैधानिक नियुक्ति पाएर तपाईंको अगाडि फुर्ती लगाउँछ?

के तपाईंको परिवारसँग सम्बन्धित कोहि व्यक्ति कुनै फौजदारी अपराधको सिकार भएको छ र त्यसको मुद्दा अहिलेसम्म अनुसन्धान नै नभएको ५ वर्षभन्दा बढि नाघेको छ र अन्यायी तपाईंकै आँखा अगाडि तुजुक देखाउँदै हिड्छ? के तपाईंको जानकारीमा रहेको कुनै महिला करणीजस्तो जघन्य अपराधको शिकार भएर पनि अपराधि पक्राउ गर्न प्रहरी लागेको जस्तो लाग्दैन ? के तपाईं कोहि नजिकको मानिसबाट ठगिनु भएको छ र ठग्ने मानिसले तपाईंलाई दिएको चेकमा मुद्दा दर्ता गर्न प्रहरी नमानेको अबस्था छ र तपाईंबाट ठगी गरेको रकमलाई उपयोग गरेर तपाईंकै आँखाले देख्ने गरी त्यो ठग चाहिँ सम्भ्रान्त जीवन जिइरहेको छ? के तपाईंले स्कुल पढ्दाखेरि स्कुलमा पढाउने शिक्षकले तपाईंलाई पढाएको कुरा बुझाउन नसकेर तपाईंलाई ट्यूसन पढ्न बाध्य बनाएको परिस्थिति भोग्नुभएको छ? के तपाईं आफ्नो घर चलाउन र साहुको ऋण तिर्न श्रिमतिका गहना बेचेर या एक मेलो बारि बन्धकी राखेर बैदेशिक रोजगारिमा गएर फर्किँदा तपाईंले ल्याएको एउटा मोबायल या एउटा टेलिभिजन भन्सार कार्यालयले भन्सार नतिरिकन विमानस्थलबाट निस्किन नदिएको परिस्थिति भोग्नु भएको छ? के तपाईं आफु योग्य हुँदा हुँदै योग्यताका कसीहरूलाई पाखा लगाएर तपाईंको मानमर्दन गरिएको परिस्थिति भोग्नुभएको छ?

के तपाईंको परिवारका सबै सदस्यहरूलाई मलाई अन्याय पर्यो भने मैले बिना कुनै खर्च न्याय पाउँछु र त्यसको लागि मेरो सम्मानित अदालत छ भन्ने बिश्वास बलियो छ? के तपाईंलाई मुलकभीत्र बिस्कुन लागेका समस्याहरूको जड यो देशको राजनिति होइन भन्ने बिश्वास छ? के तपाईंलाई हरेक आबधिक निर्बाचनको समयमा मतदान गर्ने बेला राजनितिक दलहरू ठिक छन भन्ने आदरार्थी भावना आउँछ? के तपाईंको घरको कसैले लिएको ऋण मिटर ब्याज बनेर आधुनीक खुर्माने बुढाहरूको शिकार बनेर तपाईंको घरजग्गा निलेको छ? के तपाईंलाई मिटर ब्याजको चक्रव्युहमा फसाएर कोहि तारे होटलमा यो देशका ठुला नेता र कर्मचारिहरूसँग भोज खाने गरेको यथार्थ तपाईंलाई थाहा छ? के तपाईंलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान आयुक्तहरू नै नैतिक चरित्र नभएको भनेर र भ्रष्टाचारमा संलग्न भएकोमा देशको न्यायालयले दण्डित गरेको सत्यता जानकारि छ? के तपाईंले तिरेको करले ३०सौं वर्ष जागिर खाएर अकुत कमाएकाहरू फेरि चाकरि गरेर बिभीन्न नियुक्ति पाएको व्यक्ति एकदमै योग्य हो भन्ने तपाईंलाई बिश्वास छ? देशका दुरदराजमा पर्ने विकट भुगोलमा रहेका नागरिकहरूको कुरा छौडौं; काठमाडौ, पोखरा, विराटनगर जस्ता शहरमा बस्ने सचेत नागरिकहरूले प्रहरी कार्यालयमा जानु अगाडि कोहि चिनेको मानिस खोज्ने गर्नुभएको छ या छैन?

के आज देश आर्थिक मन्दीमा परेको छ भन्ने जानकार नेपाली नागरिकहरूलाई तस्करी, हुण्डि, मिटरब्याजी, अबैध जुवा खेलाउने, भ्रष्ट राजनितिज्ञ र कर्मचारीहरूको भ्रष्टाचार आर्जित अकुत सम्पत्ति जुन बैंकिङ कारोवारमा अटाएका छैनन कतै गाडीएको अबस्थामा, कतै बन्द कोठाभित्र लुकाइएको अबस्थामा, कतै गोदाममा लुकाइएको अबस्थामा लुकाइएका नोटका वोराहरूले गर्दा यो परिस्थिति आएको हो भन्ने जानकारि छैन र? के गरिब नेपालीको छोरो या छोरिले बिदेशि भुमीमा कठिन परिश्रम गरेर आफुले पठाएको रेमिट्यान्स मार्फत चलेको यो मुलुकमा छाडा राजनिति र त्यसको आडमा मौलाएको भ्रष्ट कर्मचारितन्त्रले यो मुलुक दिनानुदिन जर्जर बन्दै गएको कुराको जानकार छैनन र? हाम्रो सर्बोच्च अदालत नेतृत्व बिहीन बन्नुपरेको कारणको रुपमा संबिधानले देखाएको बाटोलाई छलेर अध्यादेश मार्फत नियुक्त भएका मुठ्ठिभर निकायका शक्तिपुजकहरूको निँदहराम हुनु होइन र? यी त केहि उदाहरण मात्र हु। यस्ता कैयन धेरै घटनाहरू छन।

सबैलाई जानकारि छ कि यहाँ अन्यायको बिज अंकुरित मात्रै होइन अन्यायको त्यो बीज बिष बृक्षको रुपमा झांगिइसकेको छ। झांगिन पनि यति झांगिइसकेको छ कि यसले न्यायको मन्दिरलाई समेत यसको बिषाक्त छायाको शिकार बनाउने दुश्प्रयास गरिसकेको छ। हामी यति निराशावादि भइसकेका छौं कि हामी नेपालीको आस्थाको केन्द्र, न्यायको मन्दिरलाई यो अन्यायको बिष बृक्षले आफ्नो ग्रहणले निल्न लागेको बेलामा हामी सबै मिलेर त्यो बिष बृक्षलाई समुल उखाल्नुपर्ने कुरामा सचेत छैनौं किनकी हामी अन्यायको भुवरीमा यति परिसकेका छौं कि हामीलाई न्याय के हो? अन्याय बिनाको पनि कुनै समाज र संसार हुन सक्ला र भन्ने बिश्वास छैन। अन्यायको बिष बृक्षलाई राजनितिले; राजनितिको आडमा मौलाएको बिशाक्त र भ्रष्ट कर्मचारितन्त्रले; दलाल, माफीया, तस्कर र सफेदपोश अपराधिहरूले; त्यसपछि बिचौलियाहरूले मलजल गर्दै सामान्य किसान परिवारलाई समेत गाजिसकेको अबस्था छ।

कर्मवीरहरूले आत्महत्या गर्नुपर्छ, अपमानित हुनुपर्छ, भ्रष्टहरू पुरस्कृत हुन्छन अहिलेको प्रणालीमा। किसानले पाउने अनुदान व्यापारि अनि राजनिति गर्नेले कुम्ल्याउछन यहाँ। किसानले दुख गरेर उब्जाएको तरकारि र फलफुल बाटोमा मिल्काउनुपर्छ, किसानले उत्पादन गरेको दुध बाटोमा पोख्नुपर्छ यहाँ, पसिनाको भरमा दुइ छाक खाने मजदुर वर्गले बाँच्न पुग्ने ज्याला पाउँदैन यहाँ। योग्यताको मापन हुन छाडेको धेरै भइसकेको छ। पढेर, बुद्धि बेचेर केहि गर्छु भन्नेहरू वेलायत, अमेरिका अष्ट्रेलिया भासिएका छन, सीप र श्रमको उचित मुल्य लिएर जिवन चलाउँछु भन्नेहरू कोरिया, जापान, इजरायल, मलेसिया, खाडि मुलुक भासिएका छन, सिप नभएका तर पाखूरा र तिघ्रा दह्रा हुनेहरू कालापानीमा गएर पहाड फोरिरहेका छन, अर्काको युद्ध लडेर भए पनि परिवारलाई मिठो खुवाउँछु भन्नेहरू वेलायति, भारतीय सेना, सिंगापुर, अबुधावी प्रहरी, अफगानिस्तान र इराकमा गएर लडिरहेका छन, अनि केहि गर्न नसक्नेहरू राजनितिमा लागेका छन, पुरानो इतिहास भजाउँदैछन।

हो, यहि हो अन्यायको दुश्चक्र। यो बिस्तारै बिस्तारै हुर्किन्छ। स्वार्थ समुहको दबाबमा पहिले राजनिति बिटुलिन्छ, राजनिति बिटुलिना साथ ब्यबस्थापिकामा दलाल, तस्कर, अपराधि, गुण्डा, व्यापारि, लोभि लालचीहरू हावी हुन्छन, कार्यपालिकामा राजनिति भित्र हुर्किएका भिमकाय महिसासुरहरू हावी हुन्छन, तर पनि ती महिसासुरहरूलाई न्यायपालिकाको त्रास हुन्छ। तसर्थ ब्यबस्थापिका भित्रका कमजोरिहरूलाई प्रयोग गरेर र निकम्मा कर्मचारितन्त्रलाई प्रयोग गरेर छिद्रहरूले भरिएको कानून बनाइन्छ। बिटुलिएको राजनितिले आफुसँगै हिड्ने कर्मचारी तन्त्रका निकम्माहरूलाई योग्य बनाउँदै माथि उचाल्छ अनि निकम्मा कर्मचारितन्त्रबाट कानून बमोजिम भनेर गराइएका निर्णयहरूका आधारमा न्यायपालिकालाई निर्णय गर्न बाध्य बनाइन्छ।

न्यायालयलाई कमजोर बनाइने कार्यको शुभारम्भ सहित संबैधानिक निकायहरूलाई कठपुतली बनाउने उद्धेश्यले स्वार्थी राजनितिक समुह समक्ष आत्मसमर्पण गरेका निकम्माहरूलाई संबैधानिक नियुक्तिको जामा पहिर्याइन्छ। कर्मचारितन्त्र निकम्मा, पदलोलुप, भ्रष्ट, नैतिकताबिहीन भए पश्चात बिस्तारै जनतामा ब्यबस्थाप्रति बितृष्णा पैदा हुन थाल्छ। त्यहि क्रममा ब्यबस्थापिका, कार्यपालिका, न्यायपालिका र संबैधानिक अंगहरूलाई कमजोर बनाइदै गर्दा राज्यको चौथो अंगलाई समेत बिस्तारै प्रभावमा पार्दै गएर गलत सुचना प्रवाहको माध्यम बनाइन्छ, जसले गर्दा कानूनी राज्य र न्यायीक सर्बोच्चतामा ह्रास आउन गई नागरिक आत्मबिश्वासमा समेत ह्रास आउछ जसले बिद्रोहको वातावरण निर्माण गर्न उत्प्रेरकको भुमिका निर्बाह गर्दछ। तेस्रो चरणको शुरुवात भनेको बिद्रोहको वातावरण निर्माण को परिस्थिति निर्माण हुनु हो। बिद्रोहले आमूल परिवर्तन ल्याउन सक्छ या सम्झौतामा विद्रोह अन्त्य हुन्छ। आमूल परिवर्तनबाट विद्रोहको अन्त्य भयो भने समाजमा स्थिरता उत्पन्न हुन्छ र समाज समृद्धितर्फ अगाडि बढ्छ नत्र सम्झौतामा विद्रोहलाई बाँधियो भने फेरि अर्को अन्यायको दुष्चक्रको निर्माणको तयारी सुरु हुन्छ।

(२०८० वैशाख १७ गते प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले राजीनामा दिए। एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिने घोषणा गरेका थिए। पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय तिम्सिनाले अन्यायको दुष्चक्र भाग १ भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा लेख नै प्रकाशित गरेका छन्, उनकै लेखलाई यहाँ साभार गरिएको हो।)

प्रकाशित: २०८० बैशाख २५ गते सोमबार ०९:३२
Sanket

आभूषण तिम्सिना

तिम्सिना नेपाल प्रहरीका पूर्व उपरीक्षक हुन्।
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना