२०८३ कार्तिक १३ गते बिहिबार

एमाले-कांग्रेसले मागे उपसभामुखको राजीनामा, प्रतिवादको मुडमा रास्वपा-माओवादी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २५
indiraRana

काठमाडौँ- नेकपा(एमाले)का सांसद तथा प्रमुख सचेतक रहिसकेका पदम गिरीले संसद्को गरिमालाई बचाउनका लागि उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले उपसभामुख रानाले संसद बाहिरका व्यक्तिहरूलाई अमेरिका लान आफ्नो लेटरप्याड प्रयोग गरी दूतावासमा पत्र लेख्नुले संसद्को गरिमामा आँच पुगेको बताए। उनले उपसभामुखको कदमले सांसदहरूको शिर निहुराएको र लज्जित बनाएको बताए।

उनले उपसभामुखले पदीय मर्यादा अनुरूप काम गर्न नसकेको भन्दै पदबाट राजीनामा दिन आग्रह गरे। उनले उपसभामुखले संसद्को मर्यादा र गरिमालाई कायम राख्न नसकेको बताए। संसद्को मर्यादा कायम राख्नका लागि उपसभामुखको राजीनामा आउनुपर्ने उनको भनाइ छ।

‘उपसभामुखले यो संसद्को गरिमालाई बचाउनका निम्ति पनि उनले आफ्नो पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा यो संसद्को गरिमा उचो हुन्छ,’ उनले भने, ‘सिंगो संसद्को मर्यादाको निम्ति उनले यो कदम चाल्नुपर्छ।’

उनले उपसभामुखले निकास दिनुहोला भन्ने सोचेर अहिलेसम्म बाटो हेरेको तर अहिलेसम्म कुनै सम्बोधन नभएपछि यो विषय संसद्भित्र प्रवेश गरेको बताए।

‘उपसभामुखले वैदेशिक रोजगारी व्यवसायीहरूको मिलेमतोमा संसद्बाहिरका ४-५ जना मान्छेहरुलाई कार्यक्रममा जानका निम्ति दूतावासमा पत्र लेखेर दूतावास धाउने कुराले यो सिंगो संसद्को गरिमामा आँच आएको छ कि छैन?,’ उनको भनाइ थियो, ‘३-४ महिनाको अवधिमा सोच्नुहोला। उहाँ आबद्ध रहेको दलसँग पनि बसेर छलफल गर्नुहोला र यसपछि निकास दिनुहोला भन्ने हामीलाई लागेको थियो। आज यत्तिका समयसम्म हामीले हेर्‍यौँ। यसमा कुनै पनि कदम नचालेपछि स्वाभाविक रूपमा यो बाहिर चासोको विषय बन्यो।’

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजीनामा दिन उपसभामुखलाई सुझाव दिए। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै यति धेरै प्रश्न उठेपछि राजीनामा दिएर सबैलाई जवाफ दिन सुझाव दिएका हुन्।

विगतमा आफूमाथि प्रश्न उठेपछि मन्त्रीबाट राजीनामा दिएको स्मरण गर्दै उनले भने, उपसभामुखज्यूलाई सुझाव छ, यत्रो प्रश्न उठेको छ भने उहाँले आफ्नो पदबाट मार्गप्रस्तस्त गरे के बिग्रन्छ ?’ दोषी हो वा होइन कानुन वा कुनै छानबिन भए त्यसले देखाउने उनले बताए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउन पदाधिकारी र पूर्वपदाधिकारीलाई छलफलमा बोलाएका छन्। बुधबार बिहान देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन्।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको थियो। देउवाले सोही विषयमा पार्टीका नेताहरुको धारणा बुझ्न बैठक बोलाएका एक नेताले बताए। कांग्रेसले यसअघि पनि उपसभामुखको राजीनामा माग गरिसकेको छ।

उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाए प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रतिवाद गर्ने बताएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले तीव्र प्रतिवाद गर्ने चेतावनी दिए।

‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा मिडियामा हेरियो,’ उनले भने, ‘यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तीव्र प्रतिवाद गर्छ। विरोध गर्छ, यस विषयमा स्पष्ट पार्न सभामुखमार्फत् अनुरोध गर्दछु।

माओवादीका सांसद हितबहादुर तामाङले उपसभामुखलाई हटाउने कुरा स्वीकार्य नहुने बताएका थिए।

माओवादीकै अर्का सांसद सूर्यमान तामाङले पनि उपसभामुखमाथि नैतिकताको प्रश्न उठाउनुअघि नक्कली भुटानी शरणार्थी प्रकरणलाई पनि हेर्न सरकारलाई सुझाएका थिए।

सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउन प्रस्ताव लैजाने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा प्रमुख सचेतकसमेत रहेका सन्तोष परियारले उसभामुखलाई हटाउने प्रस्ताव लैजाने कुरा लोकतन्त्रमा मान्य नहुने बताए।

‘एउटा सम्मानित पदलाई संवैधानिक परिषद्‍मा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका आफूलाई मसिहा भन्ने राजनीतिक दलहरू उपसभामुखलाई हटाउने सल्लाह गर्दै हुनुहुन्छ,’ उनले भने, ‘रास्वपाले एउटा राजनीतिक मुद्दा गुमाउला, एउटा सम्मानित पद गुमाउला तर लोकतन्त्रको लागि रास्वपा सधैँ लड्नेछ।’

लोकतन्त्रमाथि धावा नबोल्न आग्रह गर्दै आज सहज भएपनि भोलि आफैंलाई अफ्ठ्यारोमा पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरे।

लोकतन्त्रलाई सल्लाह गरेर मार्न खाजे जनता प्रतिवादमा सडकमा आउने चेतावनी दिए।

प्रकाशित: २०८१ भदौ २५ गते मङ्गलबार ०७:४८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना