काठमाडौं – युरोपेली फुटबलमा आज राति हेभिवेट मानिएको रियल मड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमीफाइनलमा भिड्दैछन्। युरोपको सबैभन्दा एलिट प्रतियोगितामा उपाधि दावेदार क्लब भिड्न लागेको हुन्।
खेलअघिको पत्रकार सम्मेलनमा रियलका मिडफिल्डर टोनी क्रुसले आफ्नो टिम उत्साहको उच्च विन्दूमा रहेको बताए। ‘हामीलाई कसैको कुनै भनाईले असर गर्दैन। र, अहिलेको अवस्थाभन्दा योभन्दा धेरै उत्साही हुन पनि असम्भव छ,’ उनले भनेका छन्।
वर्तमान फुटबलमा युरोपका बलिया टोली मानिए पनि च्याम्पियन्स लिगमा रियल र सिटीको उपस्थिति बिल्कुलै फरक छ। फरक यस अर्थमा कि रियल च्याम्पियन्स लिगमा सबैभन्दा सफल टिम हो भने सिटी असफलमध्येको एक हो।
रियलले अहिलेसम्म १४ पटक उपाधि जितिसकेको छ भने सिटीले अहिलेसम्म उपाधि जितेकै छैन। फुटबल विश्लेषण गर्नेहरुले त भन्छन् च्याम्पियन्स लिग जित्नुभन्दा इंग्लिस प्रिमियर लिग जित्नु निकै कठिन छ। सिटीको सन्दर्भमा चाहीँ यो उक्ति ठीक उल्टो छ।
अहिलेसम्म आठ पटक प्रिमियर लिगको उपाधि जितिसक्दा सिटी एक पटक मात्र च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। उपाधि त जितेकै छैन। यो वर्ष सिटी फेरी उपाधिको लक्ष्य लिएर सेमीफाइनल यात्रा गरेको छ। दुई टिममा गत वर्षको तुलनामा केही फरक त छ। यद्यपी ८० प्रतिशत खेलाडी त तिनै छन्। खासगरी रियललाई अन्तिममा गोल गरेर जित दिलाउने रोड्रिगो र करिम बेञ्जियमा यो वर्ष नि उस्तै फर्ममा छन्। भिनिसियस जुनियर सिटीका लागि अर्का खतरा हुन्।
‘हामसँग ८० प्रतिशत तिनै खेलाडी रहेका छन्। प्रशिक्षकको टिम पनि उही छ। तर आजको खेल विल्कुलै फरक हुनेछ,’ प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका छन्, ‘यो सिजन केही फरक छ भने दोस्रो लेगको खेल हाम्रो मैदानमा हुँदैछ। यसो हुनु सकारात्मक वा नकारात्मक त थाहा भएन तर सबैकुरा म्यानचेस्टरमा नै टुंगो लाग्ने पक्का छ।’ यो वर्ष सिटीले च्याम्पियन्स लिग जित्ने उद्देश्यसाथ गोल मेसिन इर्लिङ हाल्यान्डलाई पनि अनुबन्ध गरेको छ।
उनले धमाधम प्रिमियर लिगका नयाँ रेकर्डहरु त बनाइरहेकै छन् च्याम्पियन्स लिगमा पनि उपाधि दिलाउने आशा सिटीका सामर्थकले गरेका छन्। त्यो आशालाई जिवन दिनका लागि पहिले त सेमीफाइनलमा जित आवश्यक छ।

‘वास्तवमै हाल्यान्ड निकै खतरा खेलाडी हुन्। उनले यो वर्ष गुणस्तरिय खेल पस्किरहेका छन्। गोलस्कोरिङमा त उनी निकै चम्किएका छन्,’ रियलका प्रशिक्षक एन्सोलोटीले भने। उनले आफ्नो टिमले हाल्यान्डलाई रोक्ने मात्र योजना नबनाएको तर सिटीको फरवार्डदेखि डिफेन्ससम्म कभर गर्ने एन्सोलोटीले दाबी गरेका छन्। ‘हामी त तिब्र गतिमा अघि बढिरहेको टिमलाई नै रोक्ने योजनामा छौं,’ उनले भने।
सेमीफाइनलमा पहिले लगको खेल आज रियलको रंगशाला सान्टियागो बर्नाबेउमा राति पौने १ बजे सुरु हुँदैछ। यि दुई टिमले च्याम्पियन्स लिगमा नवौं भेट गर्न लागेका हुन। यसपहिलेका आठ खेलमा दुवै टिमको जितको संख्या बराबरी छन्। त्यो भनेको समान ३–३ नै हो। बाँकी दुई खेल त बराबरी भइहाले।
संयोग के पनि हो– भने यि दुई क्लबले पछिल्लो वर्ष पनि सेमीफाइनलमा नै भेट गरेका थिए। पहिले लेगमा सिटीले जिते पनि दोस्रो लेगमा ३–१ को जित(सग्रमा ६–५) निकालेर रियलले फाइनलमा स्थान बनाएको थियो।
के अब सिटीले त्यो हारको बदलाको भावना लिएर खेल्छ त ? जवाफमा सिटी प्रशिक्षक पेप ग्वार्डिओला बदलाको भावना नभएको बताउँछन्। ‘बदलाको भावना लिएर खेल्नु सिटीका लागि ठूलो गल्तीसमान हुनेछ,’ पेपले भनेका छन्। पछिल्लो वर्ष दोस्रो लेगको ९० औं मिनेटमा ५–३ को अग्रता बनाएको अवस्थामा पनि सिटीले हार बेहोरेको थियो।
‘अहिले हामी यहाँ बदला लिनको लागि आएको होइन। हामी यहाँ अवसरको लागि आएको हो,’ पेपले भनेका छन्, ‘विगतमा जे भयो, भयो। त्यसबारेमा सोचेर बस्नु हुँदैन।’
‘हामी पछिल्लो वर्षको जस्तै फर्म र त्यस्तै स्तरमा छौं। खेलाडी उही छन्। हामीले यसबीचको कोपा डेल रे जितेको छ यसले हामीलाई बुस्ट भएको छ,’ प्रशिक्षक एन्सोलोटीले भनेका छन्। यता, आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेर भेट्रान खेलाडी लुका मोड्रिरच आफ्नो सम्झौता लामो बनाउने योजनामा छन्।
पोहोरको सेमीफाइनल अघिका दुई खेलमा भने रियलले सिटीसँग लगातार दुईपटक हार बेहोरेको थियो। रियलको तीन जित र बराबरीको तथ्यांक भनेको त्यसभन्दा पनि अघिका खेलको हो। आज चाहीँ सिटी इंग्लिस क्लबको अर्थ साँच्चिकै फेर्ने योजनामा छ।
किनभने बर्नाबेउमा कुनै पनि इंग्लिस क्लबले एकपटक भन्दा धेरै जित निकालेकै छैनन। यो रंगालामा भएका १८ खेलमध्ये अहिलेसम्म रियलले इंग्लिस क्लबविरुद्ध चार पटक मात्र हारेको छ। उसले आर्सनल, चेल्सी, लिभरपुल र सिटीसँग समान एकएक पटक हार बेहोरेको थियो। बाँकी खेलमध्ये चार खेल बराबरी भएको छ भने १० खेलमा रियलले जित निकालेको छ।
त्यसैले आज सिटीले जित निकाल्न सके रियललाई उसकै मैदानमा दुई पटक हराउने पहिलो इंग्लिस क्लब बन्नेछ। पछिल्ला चार खेलका एउटा तथ्यांकले सिटीलाई रियलभन्दा अघि रहेको पनि देखाउँछ। त्यो के भने, अहिलेसम्म यि दुई टिमबीच भएको खेलमा १७ गोल हुँदा रियलले आठ गोल र सिटीले ९ गरेको छ।
यो खेल दुई टिमबीचको मात्र नभएर सिटीका ग्वार्डिओला र एन्सोलोटीको खेलका रुपमा पनि हेरिएको छ। पेपले आफूले खेलाएका २१ खेलमध्ये रियलसँग पाँच हार मात्र बेहोरेका छन्। यसरी रियलविरुद्धको उनको जित प्रतिशत ५७ हुन आउँछ। तर यो च्याम्पियन्स लिगको मात्र तथ्यांक भने होइन। पेपले रियलविरुद्ध खेलाएका सबै खेल यो तथ्यांकमा पर्छन्।
तर बार्सिलोना छोडेपछि रियलविरुद्ध खेलेका ६ खेलमध्ये पेपले तीन खेलमा हार बेहोरेका छन्। त्यो भनेको ठ्याक्कै आधा हो। खैर यो त तथ्यांकको खेल भयो। फुटबलमा कौशल र सम्भावनाको खेल धेरै हुन्छ। त्यसमाथि दुई क्लबको पछिल्लो फर्मले धेरै अर्थ राख्छ।
रियल मड्रिड अहिले घरेल लिग गुमाउने पक्का अवस्थामा पुगिसकेको छ भने सिटी अझै ईपिएलको उपाधिनजिक छ। यसले पनि दुई टिमका खेलाडीको मनोबलाई प्रष्ट पारेको छ। त्यसमाथि सिटी यो वर्ष ट्रिबल गर्ने योजनासहित अघि बढिरहेको छ।
यता रियलले च्याम्पिन्स लिगका तीन खेलमा क्लिन सिट राखेको छ। उसले मैदानमा गोल नबेहोरिकन ३५६ मिनेट खेलिसकेको छ। रियलविरुद्ध पछिल्लो पटक अन्तिम १६ मा मोहम्मद सलाहले गोल गरेका थिए। त्यो खेल एनफिल्ड रंगशालामा भएको थियो।
‘हामी पछिल्लो वर्षको जस्तै फर्म र त्यस्तै स्तरमा छौं। खेलाडी उही छन्। हामीले यसबीचको कोपा डेल रे जितेको छ यसले हामीलाई बुस्ट भएको छ,’ प्रशिक्षक एन्सोलोटीले भनेका छन्। यता, आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेर भेट्रान खेलाडी लुका मोड्रिरच आफ्नो सम्झौता लामो बनाउने योजनामा छन्।


