काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ प्रतिशत रहेको जनाएको छ।
महानगरपालिकामा ८ लाख ६२ हजार ४ सय जनसङ्ख्या रहेकोमा ९५.५ प्रतिशत साक्षर रहेको जानकारी दिइएको हो। महानगरमा झन्डै ५ प्रतिशत अझसम्म पनि निरक्षर छन्।
महानगरको कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च भएको समेत देखिएको छ।
आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिए।
गत आवमा रु २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा रु १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ।
काठमाडौँका स्थानीय तह, प्रदेश तथा सङ्घीय कार्यालयबाट आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा रु एक अर्ब ५६ करोड ५७ लाख खर्च भएको छ।



