२०८३ कार्तिक १३ गते बिहिबार

कोशीमा शेखर समूहलाई छोडेर संस्थापन सरकारमा, ४ मन्त्री थपिए

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
Photos

विराटनगर- नेपाली कांग्रेसले कोशी प्रदेशमा ४ जनालाई मन्त्री बनाएको छ। कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री थप गरिएको हो।

उनीहरूले प्रदेश प्रमुख पर्शुराम खापुङसक्षम शपथ पनि लिइसकेका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मन्त्रीपरिषद् विस्तार भएको हो।

योसँगै प्रदेशको मन्त्रीपरिषद् संख्या १० पुगेको छ। कांग्रेसको नेतृत्व गर्दै भुपेन्द्र राई भौतिक पूर्वधारमन्त्री बनेका छन्। उनी कृष्णप्रसाद सिटौला निकट नेता मानिन्छन्। सिटौला समूहकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन्।

त्यस्तै खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारीमन्त्री, सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री नियुक्त भए। उनीहरू दुवै जना संस्थापन पक्षधर हुन्। मण्डल संस्थापन समूहमा पनि ज्ञानेन्द्र कार्की निकट मानिन्छन्।

नवनियुक्त मन्त्रीहरुको सूचीमा डा.शेखर कोइराला समूहलाई भने समावेश गराइएको छैन। गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको दूई मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन।

शेखर समूहका प्रदेशमा आठ सांसद छन्। शेखर निकट प्रदेश सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेसँग सहकार्य गर्दा आठ सांसदले केन्द्रको सत्ता समीकरण विरुद्ध हुने गरी विद्रोह गरेका थिए।

संस्थापन समूह सरकारमा जाँदा २ मन्त्रालय मागेको कोइराला समूह बाहिरै बसेको हो।

कांग्रेस-एमालेबीच गठबन्धन बनेपछि साउन ११ गते माओवादी केन्द्रले कोशी सरकार छाडेको थियो।

१२ गते कांग्रेसले ४ वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति गरेको थियो। ८ मन्त्री र दुई राज्यमन्त्री बनाएका मुख्यमन्त्री हिक्मत कार्कीले यतिबेला स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी लिएका छन्।

यो मन्त्रालय डाक्टर शेखर कोइराला समूहका लागि छुट्याइएको हो।

रामबहादुर मगर आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा छन्।

सामाजिक विकासमन्त्री पाँचकर्ण राई, खानेपानी सिचाई तथा ऊर्जामन्त्री एकराज कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी, उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगाम, पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल छन्।

राज्यमन्त्रीद्वय सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र भूमीप्रसाद राजवंशी भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन्।

दुई दलबीच १३ सदस्यीय मन्त्रीमण्डल बनाउने सहमति छ।

शेखर कोइराला समूहले मन्त्री र राज्यमन्त्रीको नाम दिएपछि मुख्यमन्त्री कार्कीले एक राज्यमन्त्री एमालेबाट थप गर्नेछन्।

प्रकाशित: २०८१ भदौ २८ गते शुक्रबार ०२:१७
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना