पर्थ- गैरआवासीय नेपाली संघ वेस्टर्न अस्ट्रेलियाले पर्थमा नेपाल फेस्टिभल आयोजना गरिएको हो।
नेप्लिज एसोसिएसन अफ वेष्टर्न अस्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अस्ट्रेलियासहित विभिन्न संस्था, क्लब र व्यवसायीहरुले फेस्टिभल आयोजनाका लागि सक्रिय भूमिका निर्वाह गरेका छन्।
फेस्टिभलका लागि अस्ट्रेलियाका विभिन्न सहरहरुबाट नेपाली समूदाय भेला भएका थिए।
नेपाली कला, संस्कृति परम्पराको जर्गेना एवम प्रचार प्रसारका लागि फेस्टिभल आयोजना गरिएको हो।
फेस्टिभलमा विभिन्न जातजातिको पोशाकसहित संस्कृति झल्काउने नाचहरु प्रदर्शन गरिएको थियो।


