२०८३ कार्तिक १२ गते बुधबार

च्याम्पियन्स लिगः पहिलो लेगमा सिटी र रियलको बराबरी

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २७
manchester city vs real madrid

काठमाडौं – च्याम्पियन्स लिगको सेमीफाइनल खेलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडसँग १–१ को बराबरी खेलेको छ। मड्रिडस्थित सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा रियलले अग्रता बनाए पनि सिटीले गोल फर्काएपछि खेल बराबरी भएको हो।

खेलको ३६ औं मिनेटमा ब्राजिली फरवार्ड भिनिसियस जुनियरले गोल गरेपछि पहिलो हाफमा घरेलु टिमल एक गोलले अघि थियो। गोलका लागि भिनिसियसलाई कामाभिंगाले पास उपलब्ध गराएका थिए। तर ६७ औं मिनेटमा इल्के गुन्डोगनले दिएको पासमा केभिन डिब्रुएनाले गोल गरेपछि खेल बराबरीमा आएको हो।

इंग्लिस क्लबले रियलविरुद्ध उसकै मैदानमा ५६ प्रतिसत समय बलमा नियन्त्रण बनाउँदै दबाबमा राख्न खोजेको थियो। उसले रियलको पोस्टमा ६ पटक प्रहार पनि गर्यो। तर बाँकी सबै प्रहार गोकिपर थियाउट कोटुवाले बचाएका थिए। उनले हाल्यान्डको दुईका साथै डिब्रुएना र रोड्रिको गोल निकै मुश्किलले बचाएका थिए।

गएराति बराबरी गएपछि सिटी लगातार २१ खेलमा अपराजित छ। एसले पछिल्लो समय टोटेनहममा पराजय बेहोरेपछि हारेको छैन। यता भिनिसियस जुनियरले आफ्ना पछिल्ला २२ खेलमा ११ गोल र ११ एसिस्ट गरिसकेका छन्।

त्यस्तै, उनले गएराति ३६ औं मिनेटमा गरेको गोल नै रियलले पोस्टमा गरेको पहिलो प्रहार थियो। अब यि दुई टिमले दोस्रो लेगको खेल मे १८ मा म्यानचेस्टर सिटीको मैदानमा हुनेछ।

प्रकाशित: २०८० बैशाख २७ गते बुधबार ०८:३१
प्रतिक्रिया

थप समाचार

साफको उपाधि चुम्नबाट चुक्यो नेपाल

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका भएको बंगलादेशविरुद्धको खेलमा नेपाल पराजित भएको छ। घरेलु टोली नेपालले ४-१ गोलले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...

साफ यु-२० च्याम्पियनसिप फुटबल उपाधिका लागि भिड्दै नेपाल र बंगलादेश

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दैछन्। सेमिफाइनलमा दुवै टोली टाइब्रेकरमा जित हात पार्दै फाइनल पुगेका हुन्। सेमिफाइनलमा नेपालले भुटानलाई...

साहारालाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा

कपिलवस्तु- नेपाल पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा साहारा क्लबलाई १–० गोलले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो। पुलिसका लागि शिशिर...

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई   

भोजपुर- प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ। अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो। जितसँगै देराउराली फुटबल क्लबले नगद तीन...

फिफा वरीयतामा नेपाल २ स्थान तल चिप्लियो, दक्षिण एसियामा भारत पहिलो

काठमाडौं– फिफाको विश्व वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली दुई स्थान तल झरेको छ। बिहीबार अद्यावधिक भएको नयाँ विश्व वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ। यसअघि नेपाल १७३औँ स्थानमा थियो। नोभेम्बरमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना