काठमाडौँ- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्धाटन गरेको धरहरा भोलि संविधान दिवसको अवसर पारी सर्वसाधारणको लागि खुल्ला गरिने भएको छ। ६
पटक सम्म म्याद थप गरिएको धरहरा बिहीबार फेरि उद्धाटन हुन लागेको हो। एक दशकसम्म पनि निर्माण सम्पन्न हुन नसकेको धरहरा फेरि पनि हतारमै उद्घाटन हुँदैछ।
२०७२ मा भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भएपनि अझै पनि धरहराको अवशेष टीनको छाना हालेर राखिएको छ।
यो आयोजना पुनःनिर्माण प्राधिकरणको समय सीमा भित्र निर्माण हुन नसकेपछि सहरी विकास मन्त्रालयमातहत सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको छ।
उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले धरहरा आंशिक रुपमा मात्र सञ्चालन गर्न लागिएको बताएका छन्।
बुधबार पत्रकारसँगको कुराकानीमा उनले भने, ‘अहिले चाहिँ अन्तरिमकालका लागि मात्र हो। पब्लिकमा धरहरा बनेको यत्तिका समय भइसक्यो, चढ्न त पाऔं भन्ने त इच्छा छ नि त! त्यसैले आंशिक रूपमा मात्रै भएपनि खोलिएको हो।’
तस्बिरमा नेपाल फोटो लाईब्रेरीले खिचेका धरहरा


