२०८३ कार्तिक ११ गते मङ्गलबार

पत्रकार महासंघको विवाद मिलाउने उद्देश्य देखिएन

 |  सरोज अधिकारी
Sanket

सरोज अधिकारी

काठमाडौँ, असोज ४
sharad_adhikari

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि पटकपटक तोकिएको निर्वाचन कार्यक्रम पटकपटक सरेपछि यतिबेला महासंघको आवश्यकता नै नभएको भन्नेहरू पनि सतहमा आएका छन्। पटकपटक निर्वाचन तोक्नु र गराउन नसक्नु निराशाजनक कुरा त हो नै तर यसको आवश्यकता नै सकिएको हो भन्ने भाष्य निर्माण गर्न खोज्नु उतिकै गलत कुरा हो। पत्रकारहरुको हकहितका लागि छाता संगठनका रूपमा रहने नेपाल पत्रकार महासंघको सान्दर्भिकता सकिएको अर्थ लगाउनु कुनै पनि मानेमा सही ठहर्न सक्दैन। यसको आवश्यकता छ र अब पनि रहिरहनेछ।

लामो इतिहास बोकेको नेपाल पत्रकार महासंघ संकटको बेला नागरिक अगुवा संगठनको रूपमा रह्यो। लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनका क्रममा यो संस्थामा आबद्व अगुवाहरूले गरिमा बढाउने काम गरेकै हुन्। म आफैँ पनि नेपाल पत्रकार महासंघको सदस्य भएर यसका अधिवेशनहरूमा सहभागी भएर धेरै वर्षहरू बिताएको छु। महासंघको नेतृत्वमा लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको प्रेस स्वतन्त्रताप्रति आस्थावान् व्यक्तित्वहरूलाई पुर्‍याउन निकै नै प्रयत्नशील रहेको पनि हुँ। जति काम गर्न सकियो त्यसमा सफलता नै मिलेको लागेको छ।

लोकतान्त्रप्रति इमान्दार व्यक्ति महासंघको नेतृत्वमा स्थापित हुँदा यसको चरित्र अझ गौरवमय हुन्छ। यसको गरिमामय इतिहास धुमिल नबनोस् भनेर सबै पत्रकारहरू सचेत रहन जरुरी छ। किनकि यो आखिरमा पत्रकारकै संस्था हो। यो पनि सत्य हो कि, यो संस्थाको नेतृत्वमा पुग्नेहरूले संस्थाको गरिमा दोहन गरेर निजी स्वार्थका लागि उपयोग गर्नेहरू पनि छन्। तर महासंघको यो साझा चरित्र हुँदै होइन र हुन पनि हुँदैन। पत्रकारहरूको पेसागत सामूहिक उन्ननयनमा संस्थाले राम्रा कामहरू पनि गरेको छ। यीनै राम्रा कामको निरन्तरता अब पनि भइरहनुपर्छ।

हिजो जस्तो संकट थियो, अहिले पनि नेपाली प्रेस सोही संकटबाट गुज्रिरहेको छ। फगत, यत्ति हो स्वरूप मात्र फेरिएको छ। पेशागत जोखिम दिन प्रतिदिन बढ्दैछन्। भौतिक जोखिम पनि उत्तिकै बढिरहेको छ। सूचना र प्रविधिको तीव्र विकासले पत्रकारहरूलाई क्षमता विकास गर्ने चुनौती थपिएको छ। तर दु:खको कुरा पत्रकार महासंघको नीति अधिवेशनमा यसबारे कुरा उठेको मैले सुनिनँ। न त महासंघको नेतृत्वले यसको कुनै भेउ पायो। न त भविष्यमा आइपर्ने चुनौती अनुमान लगाउन सक्यो, न वर्तमानका संकटमा कुनै शब्द फुटायो।

पत्रकार महासंघको शाख जोगाउन दलनिकट संघसंघठनको भूमिका पनि हुन्छ। तर उनीहरू फगत संस्थाको शाख दोहनमा मात्र मग्न देखिएका छन्। आफू सभामा देखिनु र आफ्नो उर्दी मान्नु पर्छ भन्नेबाहेक केही दलनिकटका संगठनले कुनै प्रभावकारी कामग गरेका छैनन्। यो कुराको बिउ संघसंगठनहरूले आफ्नो अधिवेशनमा रोपिसकेका थिए, फल मात्र अहिले देखिएको थियो। यो कुरा अझै पुष्टि हुँदै जानेछ।

महासंघको वर्तमान अवस्थामा फर्कौँ। महासंघको अधिवेशनबाट निर्वाचित अध्यक्ष विपुल पोखरेलले के कारण राजीनामा दिनुपर्‍यो, त्यो उनै जानुन्। त्यसको कारण खोज्न छोडेर वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई जसरी अघि सारियो, समस्या थप बल्झियो। हिजो जस-जसले विपुललाई अधिवेशन गर्न नदिएर घर पठाउने उपाय रचे, अहिले रमेशलाई पनि त्यही गरियो।

महासंघको सदस्यतामा काफी समस्या छन्। तर यो होइन कि समाधान नै गर्न नसकिने छन्। यसको समाधान छ। विगतका थुप्रै अधिवेशनहरूमा सदस्यता विवाद मिलानको इतिहास साक्षी छ। प्रयत्न गर्‍यौँ, मिल्यौँ पनि। अहिले मिलाउने उद्देश्य देखिएन। सुरुदेखि नै संघसंगठनका ‍नेतृत्वले महासंघ नेतृत्वसँग कोठाभित्र एउटा कुरा भन्ने र बाहिर अर्को कुरा गर्ने काम पटकपटक गरेका छन्। विपुल र रमेशको राजीनामाले यसको प्रष्ट संकेत गरेको छ।

यो अवस्था आउनुमा महासंघ नेतृत्वको जति कमीकमजोरी छ, त्यति नै कमिकजोरी प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरहरूका नेतृत्वको पनि छ। महासंघलाई यो अवस्थामा पुर्‍याउनुका कारण उनीहरु पनि हुन्। उनीहरूमाथि नैतिकताको गम्भीर प्रश्न खडा भएको छ। प्रश्न महासंघतिर मात्र होइन, साँच्चै महासंघलाई सुधारेर लाने र साँच्चै पत्रकारहरूको बनाउने हो भने यी संघ/संघठनका मूल नेतृत्व नैतिक जिम्मेवार बन्नैपर्छ।

महासंघको निर्वाचन फेरि अनिश्चित बनाइएको छ। अध्यक्ष र कार्यवाहक अध्यक्षले पनि राजीनामा दिएको अवस्था छ। महासंघको विवाद मिलान गर्न अब ढिलो पनि हुन थालेको छ। तर अब बिग्रिएका कुरा मात्र कोट्याउन उचित हुँदैन। नेपाल पत्रकार महासंघको गर्विलो इतिहास, यसको महत्त्व, साझा चरित्र र गरिमालाई हृदयगंम गरी गिर्दो शाखलाई पुर्नस्थापित गर्न लागौंँ।

जय पत्रकारिता!

प्रकाशित: २०८१ असोज ४ गते शुक्रबार ०९:२८
Sanket

सरोज अधिकारी

अधिकारी नेपाल प्रेस युनियनका पूर्वकोषाध्यक्ष हुन्।
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना