२०८३ कार्तिक १३ गते बिहिबार

सहकारी प्रकरणमा फेरि तात्यो सिआइबी, रवि प्रकाउ पर्लान्?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ८
ravi

काठमाडौं– सूर्यदर्शन बचत तथा ऋण सहकारीको अनुसन्धान गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको छ।

अनुसन्धानलाई थप प्रभावकारी बनाउन सिआइबीले मंगलबार दुई जनालाई पोखरा पठाएपछि रास्वपा सभापति रवि लामिछाने जोडिएको भनेको सहकारी प्रकरण अझ पेचिलो हुने निश्चित छ।

सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले अनुसन्धानलाई प्राविधिक रुपमा सहयोगका लागि टोली पोखरा पठाइएको स्विकारे। ‘प्राविधिक सहयोगका लागि कास्की प्रहरीलाई सहयोग गर्ने गरी टोली पठाउन लागिएको हो’ एसपी बोगटीले भने।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा कास्की प्रहरीले पूर्वडिआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक समिति सदस्य छविलाल जोशीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। गोरखा मिडियामा रवि लामिछानेका साझेदार रहेका जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगेपछि यता राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्यालयमा हलचल पैदा भएको थियो। सभापति लामिछानेको सम्भावित गिरफ्तारीलाई मध्यनजर राख्दै आइतबार रातिसम्म रास्वपा कार्यकर्ताहरु मुख्यालय पुगेर नाराबाजी गरिरहेका थिए।

सभापति लामिछानेले पनि सामाजिक सञ्जालबाट प्रधानमन्त्री केपी ओलीलाई न्युयोर्कबाट आँखा नसन्काउन आग्रह गरे। रातिसम्म मुख्यालयमा रहेका सभापति लामिछाने स्वयं पनि सम्भावित पक्राउका कारण हतास भएको उनी निकट स्रोतहरुले बताएका थिए।

उता, जोशीलाई पोखरा पुराएर उनको बयान प्रारम्भ भइसकेको अवस्था छ। जोशीले आफ्नो प्रारम्भिक बयानमा ‘सहकारी प्रकरणमा आफूलाई केही थाहा नभएको। तर जीबी र रवि यो विषयमा जानकार रहेको’ बताएका छन्। उनले प्रहरीसमक्ष आफूलाई मात्र पक्राउ गरिएकोमा समेत प्रश्न गरेको बताइएको छ।

जोशीको जिल्ला सरकारी वकिल कार्यालय पोखरामा अहिले जोशीको बयान जारी छ। सोमबार जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी सहित, रवि र जीवीलाई कारबाही गर्न सिफारिस गरेको थियो। गृह मन्त्रालयले सिफारिस तत्काल कार्यान्वयन गर्न भनेकै दिन जोशी पक्राउ परेका थिए।

पोखराको सुर्दशन सहकारीबाट बचतकर्ताका १ अर्ब ५ करोड भन्दा बढि रकम अपचलन भएको भेटिएको छ।

यता, गृहमन्त्रालय सहकारी प्रकरणमा रणनीतिक रुपमा अघि बढ्ने सोचमा अघि बढेको देखिन्छ। रविका साझेदार छविलाल जोशीलाई पक्राउ गरेको प्रहरीले रविलाई भने पक्राउपुर्जी थमाइसकेको छैन। ‘उहाँ पनि जुनसुकै बेला पक्राउ पर्न सक्नुहुन्छ’ गृहमन्त्रालय स्रोतले भन्यो, ‘संसदीय छानबिन समितिको रिपोर्ट अनुसार अघि बढ्ने तयारी मन्त्रालयको छ।’

प्रकाशित: २०८१ असोज ८ गते मङ्गलबार ०१:५५
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना