काठमाडौँ- दसैँअघि बीपी राजमार्ग सञ्चालन नहुने भएको छ। असोज ११ र १२ गतेको बाढीपहिरोबाट बीपी राजमार्गको १२ किलोमिटर सडक बगाएकोले दसैँअघि सडक खुलाउन सम्भव नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए।
सडकका दुवैतिर पहिरो जाँदा बीचमा अड्किएका सवारी साधनलाई भने तार्नका प्रयास भइरहेको उनको भनाइ छ। ‘तत्काल अस्थायी बाटो बनाएर पनि सवारी सञ्चालनमा समस्या छ। पुलमा पनि क्षति पुगेकोले तत्काल सडक सुरु गर्न सक्ने अवस्था रहेन,’ उनले भने।
शुक्रबार विकास तथा पूर्वाधार समितिको बैठकमा बोल्दै उनले बीपी राजमार्गमा झन्डै ५ सयवटा फसेका छन्। ती गाडीका चालक तथा सहचालक पनि फसेका छन्। उनीहरूको उद्धार कार्य उद्धार प्रयास भइरहेको उनले बताए। दसैँ अघि उनीहरूको चाहिँ उद्धार गर्ने उनले बताए।


