२०८३ कार्तिक १८ गते मङ्गलबार

टीकाको दिन पोखरामा ७ रुटमा नि:शुल्क बस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २३
tika_bus

पोखर- पोखरा महानगरभित्रको बढी जनघनत्व भएको ठाउँमा वडादशैंको टीकाको दिन निशुल्क रुपमा सार्वजनिक यातायात सेवा संचालन हुने भएको छ। कास्की जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायी कम्पनी र पोखरा महानगरपालिकाको समन्वयमा पहिलो पटक यस्तो सेवा दिन लागेको हो।

पोखरा महानगरपालिकामा जनसंख्याको आधारमा धेरै जनताहरुको बसोबास रहेकाले दशैंका दिनमा अन्य दिनको तुलनामा सार्वजनिक सवारीका साधनहरु कम चल्ने भन्दै प्रशासनले उक्त दिन यातायात सेवामा थप सहजता ल्याउनका लागि यस्तो सेवा दिन लागिएको जनाएको छ। प्रशासनका अनुसार पोखरा महानगरपालिका भित्रका ७ रुटमा १८ वटा बसहरु बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म निशुल्क रुपमा संचालन हुनेछन्।

पृथ्वी राजमार्ग बस कम्पनी प्रालिले फेदी, हेम्जा, हरिचोक, पृथ्वीचोकसम्म ३ वटा बस चलाउने छ। यसैगरी स्थानीय यातायात कम्पनीका २ वटा बस तनहुँ सीमा कोत्रेदेखि पृथ्वीचोक, चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म सेवा दिनेछन। यसैगरी पोखरा यातायात प्रालिले लामाचौर, बगर, महेन्द्रपुल, बिरौटा हुँदै छोरेपाटनका लागि ३ वटा बस, महेन्द्रगुफा, महेन्द्रपुल, चिप्लेढुंगा हुदै लेकसाइड ३ वटा र काँहुखोला, पृथ्वीचोक हुदै हल्लनचोक रुटमा ३ बसमार्फत सेवा उपलब्ध गराउने बुधवार आयोजित पत्रकार सम्मेलनमा जनाइयो। त्यस्तै बेगनास पोखरा यातायात प्रालिले बेगनासताल, तालचोक, पृथ्वीचोक हुदै बागलुङ बसपार्कमा २ र राजाको चौतारा, सातमुहाने, खुदी हुँदै बागलुङ बसपार्कसम्म २ वटा बस चलाउने छ।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले टीकाको दिन सवारी साधन नचल्ने अवस्थालाई मध्यनजर गर्दै ठूलो जनसंख्यालाई प्रतिनिधित्व हुनेगरी पोखरा बजारभित्र यस्तो सुविधा उपलब्ध गराउन लागिएको बताए। सरकारी क्षेत्रबाट सेवा दिने तयारी भइरहेको बेला यातायात व्यवसायीले सहयोग पुराएको उनले उल्लेख गरे। ‘निशुल्क बस सेवा लेखेको ब्यानरसहित १८ वटा बसले सेवा उपलब्ध गराउने छन। बृद्धबृद्धा, ज्येष्ठ नागरिक, अपांग र अशक्तलाई प्राथमिकतामा रहनेछन’ प्रजिअ पाण्डेले भने, ‘आवस्यकता भएमा ४ बजेपछि पनि सेवा बिस्तारगर्न सकिने छ।’ यो पहिलो प्रयास भएको र यसको अनुभवको आधारमा आगामी वर्ष ग्रामीण क्षेत्रमा समेत सेवा बिस्तारको योजना रहेको प्रजिअ पाण्डेले बताए। ‘जनघनत्व भएको ठाउँलाई केन्द्रीत गरिएको हो’ उनले भने, ‘आगामी वर्षमा ग्रामीण क्षेत्रमा जान सकिने नसकिने पनि अध्ययन गर्नेछौ।’

सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले प्रशासनले टिकाको दिन कम्तीमा पोखरा महानगरभित्र मात्र भए पनि कसरी प्रभावकारी रुपमा यातायात सेवा संचालन गर्ने भन्ने विषयमा छलफल गर्ने क्रममा यातायात व्यवसायीले स्वतस्फुर्त रुपमा सहयोग गर्न तयार रहेको बताए। नेपाल यातायात व्यवासायी महासंघ गण्डकीका संयोजक केदार पौडेलले असहज अवस्था रहँदारहँदै पनि सामाजिक उत्तरदायित्व बहन गर्दै राज्यलाई सहयोग गरिएको बताए।

चाडपर्वको समयलाई मर्यादित र सुरक्षित बनाउन चाडबाडकेन्द्रीत सुरक्षा योजना पनि प्रशासनले ल्याएको प्रजिअ पाण्डेले बताए। कुकुरसहितको चेकिङ, बजार अनुगमनलाई तिब्रता, सवारी चेकजाँच, बिहान देखि साँझैसम्म यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको उनले बताए। अन्य समयमा भन्दा सुरक्षाका दृष्ट्रिकोणले आवस्यकता ठानिएको बखतमा बाहेक जनतालाई थप हैरानी नहोस् भन्ने कुरालाई पनि विशेष जोड दिंदै सुरक्षा योजना र नियमनका संयन्त्रहरु तयार गरेको उनको भनाई थियो।

प्रकाशित: २०८१ असोज २३ गते बुधबार ०३:५३
प्रतिक्रिया

थप समाचार

नेपाल पुनर्बीमामा सरकारको लगानी थपिने, हकप्रद सेयरमा रकम जुटाउन बाटो खुल्यो

काठमाडौँः नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप लगानी गर्ने भएको छ। कम्पनीले जारी गर्ने हकप्रद सेयरमा सरकारको तर्फबाट लगानी गर्न मन्त्रिपरिषद्ले सहमति दिएको हो। कात्तिक १७ गते...

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...

काठमाडौँ आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ: नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना