२०८३ कार्तिक १८ गते मङ्गलबार

‘झुपडीमै बित्ने भयो यसपालिको दशैं’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २५
Luhar

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–६ कसरौलको स्याली नदी तटीय क्षेत्रमा ६२ वर्षीय हरजित लुहारले झुपडी बनाएर बस्दै आएको अढाइ दशक भयो।

मुक्त हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत लुहारले घर मर्मतका लागि पहिलो किस्ताको रकमसमेत बुझेका छन् तर उनले सुरक्षित आवास बनाउन सकेका छैनन्।

स्थानीय बासिन्दाले अवरोध गर्दा लामो समयदेखि सुरक्षित आवास बनाउने सपना अधुरै रहेको लुहारको गुनासो छ। ‘झुपडी बनाएर बस्दै आएको २३ वर्ष पुगेको छ। झुपडीकै आसपासका क्षेत्रमा गैरदलित परिवारहरुले नदीसम्मै पुग्नेगरी खेती लगाउने गरेका छन् तर मैले घर निर्माण गर्न खोज्दा गौचरन, पानीघाट भनेर विरोध हुने गरेको छ। इँटा खरिद गरेको पनि वर्षौं भइसक्यो, अब त त्यो पनि काम नलाग्ने अवस्थामा परिणत हुँदैछ’, उनले भने।

मुक्त हलिया परिवारका लुहारले ‘ख’ वर्गको परिचयपत्र पाएका छन्। जग्गा भएका तर घर नभएका मुक्त हलिया परिवारलाई पुनःस्थापन कार्यक्रमअन्तर्गत घर मर्मतका लागि रु एक लाख ५० हजार रकम सरकारले उपलब्ध गराउँदै आएको छ। सोही कार्यक्रमअन्तर्गत लुहार परिवारले पहिलो किस्ताको रु ८७ हजार पाँच सय रकम बुझेको छ।

दोस्रो किस्ताको रु ३७ हजार पाँच सय रकम बुझ्न बाँकी छ।

गौरचन र पानीघाट त्यस क्षेत्रमा रहेको छैन। जग्गा हड्प्ने मनसायले घर निर्माण गर्न खोज्दा अवरोध हुने गरेको लुहार परिवारको बुझाइ छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्र तारापुरबाट विसं २०५९ मा विस्थापनमा परेपछि लुहार परिवारसँगै त्यस क्षेत्रमा अन्य १५ मुक्त हलिया परिवार झुपडी बनाएर बस्दै आएका छन्।

लुहार परिवारको खर्च आरन चलाएर आएको कमाई बाट चल्ने गरेको छ।

हरजितका दुई छोरामध्ये जेठो छोरा जहानसहित भारततर्फ लागेका छन्। कान्छा छोराले भारतमै मजदुुरी गरेर केही रकम आमाबुवाका लागि पठाउने गरेका छन्।

त्यही पठाएको रकम र ज्येष्ठ नागरिक भत्ताको रकमले लुहार परिवारले अन्न, लुगाफाटो र औषधोपचार गर्छन्। दमका बिरामी लुहार आफ्नै जीवनकालमा सुरक्षित आवासमा बस्ने सपना बुनेको धेरै भइसक्दा पनि पूरा नहुँदा खिन्न  हुन्छन्।

‘वर्षात्का बेला सर्प, विच्छीलगायत विषालु किरा झुपडीभित्रै पस्छन्, वर्षात्को पानी तप्पतप्प चुहिन्छ’, उनी पीडा पोख्दै भन्छन्, ‘उत्तरतर्फबाट खेतको पानी भरिएर आँगनभरि हुन्छ, नदी उर्लेका बेला आँगनमै पुग्छ । भागेर जाने सुरक्षित ठाउँ छैन, बस्नका लागि अर्को विकल्प नहुँदा उच्च जोखिम मोलेर यस क्षेत्रमा बस्नुपरेको छ। सुरक्षित आवास भए त ठूलो राहत हुन्थ्यो। विजयादशमी पनि त्यही घरमा मनाउँथ्यौँ तर स्थानीयले बनाउन दिँदैनन्। निकै पीडा सँगालेर बस्नुपरेको छ।’

यो परिवारको एउटै माग छ, पुनःस्थापन कार्यक्रमअन्तर्गत पाएको रकमबाट सुरक्षित आवास बनाउन दिनुपर्‍यो कि हाम्रो आवासको हक उपलब्ध गराइ दिनुपर्‍यो। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सहयोगमा सञ्चालित ब्रिज परियोजनाअन्तर्गत मुक्त हलिया परिवारलाई सङ्गठित गर्ने र समाजिक न्यायका लागि सशक्त पार्ने कार्य पनि हुँदै आएको छ।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहार मुक्त हलिया परिवारले वर्षौंदेखि चलनभोग गर्दै आएको जग्गामा सुरक्षित आवास बनाउन दिनुपर्ने बताउँछन्।

‘मुक्त हलिया परिवार जुन ठाउँमा बस्दै आएका छन्, त्यसै ठाउँमा नापनक्सागरी जग्गाधनी पुर्जा दिने र घर निर्माणका लागि कार्यक्रमको मापदण्डअनुरूपको रकम दिने व्यवस्था हलिया पुनःस्थापन कार्यविधिमा स्पष्टसँग उल्लेख गरिएको छ’, उनी भन्छन्,‘पहिलो चरणमा के–कारणले अवरोध भएको हो, त्यसबारे खोजीनीति गर्छौं। त्यो पत्ता लागेपछि दुवै पक्षलाई राखेर छलफल गराउने प्रयास गर्छौं, त्यो नभए कानुनी उपचारका लागि अदालतको ढोका ढक्ढक्याउछौँ।’

संविधानमै नेपाली नागरिकलाई सुक्षित आवासको हकको व्यवस्था रहेको चर्चा गर्दै अध्यक्ष लुहार विनाकारण बस्दै आएको जग्गामा घर निर्माण गर्न नदिने कार्य न्यायोचित नरहेको धारणा राख्छन्।

मुक्त हलिया पुनःस्थापना गर्ने जिम्मा नगरपालिकाको भएकाले यसलाई चासोका साथ हेरिनुपर्ने उनको भनाइ छ। वडाध्यक्ष दानसिंह ऐर मुक्त हलिया परिवारको पुनःस्थापन गराउनका लागि सक्दो पहल गर्ने बताउँछन्। ‘गुनासो आएको छ के कति कारणले समस्या उत्पन्न भएको हो, त्यस विषयमा बुझेर आवश्यक सहजीकरण गर्छौं’, उनले भने।

प्रकाशित: २०८१ असोज २५ गते शुक्रबार ०८:४४
प्रतिक्रिया

थप समाचार

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...

८० वर्षीय गोविन्दबहादुरको रहरलाग्दो सुपारीखेती …

उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन्। डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ। लहरै लाइन मिलाएर...

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते

काठमाडौँ: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी...

तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौँका ३३ स्थान तोकिए

काठमाडौँः काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री–वितरणका लागि महानगर क्षेत्रभित्रका ३३ स्थान तोकेको छ। महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा...

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना