२०८३ कार्तिक १३ गते बिहिबार

राजाकै अघि अस्ट्रेलिया संसदमा नाराबाजी : तिमी हाम्रो राजा होइनौँ!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ६
thorpe

बेलायती राजा चार्ल्स यतिबेला अस्ट्रेलियाको भ्रमणमा छन्। अस्ट्रेलियासहित कम्तीमा १४ देशले बेलायती राजालाई नै आफ्नो देशको पनि राजा मान्छन्। सोही अनुसार ती देशले सम्मान पनि दिन्छन्।

तर अस्ट्रेलियाको संसदमा राजा चार्ल्सकै सामुन्ने अनौठो घटना भयो। राजा चार्ल्सले त्यहाँको संसदलाई सम्बोधन गरे। सम्बोधन सक्तानसक्दै एक जना स्वतन्त्र सिनेटर (सांसद) ले ‘तिमी मेरो राजा होइनौ’ भन्दै संसदमा नै चिच्याइन्। राजा चार्ल्सले अस्ट्रेलिया भ्रमण सुरु गरेको दोस्रो दिन (सोमबार) यो घटना भएको थियो। उनी ६ दिनका लागि अस्ट्रेलिया आएका हुन्।

त्यसरी राजाकै सामुन्ने चिच्याउने महिला सांसद थिइन् लिडिया थोरपे। उनी अस्ट्रेलियाको आदिवासी समुदायलाई प्रतिनिधित्व गर्छिन्। क्यानबेरा संसदको समारोहमा करिब एक मिनेट त्यसरी चिच्याएकी ती सांसदलाई सुरक्षाकर्मीले बाहिर लगेका थिए।

संसदमा सम्बोधन सकेर राजा मञ्चमा बसेकी रानी क्यामिला भएको स्थानतर्फ अघि बढ्दै थिए। त्यही बेला थोरपेले सभाहलको पछाडिबाट अगाडि बढ्दै चिच्याउन थालेकी थिइन्।

बेलायती राजा/महारानीले ‘हाम्रा जनता’ (अस्ट्रेलियाली)विरुद्ध नरसंहारको दावी गर्दै उनी चिच्याएकी हुन सक्छिन्। उनको भनाइ थियो- ‘यो तिम्रो भूमि होइन, तिमी मेरो राजा पनि होइनौँ।’

आदिवासी समुदायकै भायले शेरिडानले भने राजा र रानीलाई न्यानो स्वागत गरेका थिए। उनले थोरपेको विरोध ‘अमर्यादित’ भएको टिप्पणी गरिन्। थोरपेले आफूसँग यो विषयमा कुनै कुरा पनि नगरेको बताए।

तर उक्त समारोह विरोधका विषयमा कुनै कुरा नै नगरी समापन भयो। अनि, आफूहरुलाई स्वागत गर्न बाहिर पर्खिरहेका सयौं मानिसहरूलाई भेट्न राजारानी अगाडि बढे।

अस्ट्रेलिया कमनवेल्थ राष्ट्र हो। अस्ट्रेलियाको राष्ट्रप्रमुख पनि बेलायती राजा नै हुने व्यवस्था छ। तर औपनिवेशिक राजतन्त्रात्मक व्यवस्था हटाउनुपर्ने भन्दै अस्ट्रेलियामा बहस पनि हुँदै आएको छ।

थोरपेले भिक्टोरियाबाट प्रतिनिधित्व गर्छिन्। उनी अस्ट्रेलियाको सरकार र आदिवासीबीचको सन्धिको वकालत गर्दै आएकी मध्ये एक हुन्।

अस्ट्रेलिया पूर्व-ब्रिटिश उपनिवेश हो। तर यहाँका धेरै आदिवासी र टोरेस स्ट्रेट टापुवासीहरूले आफूहरू कहिल्यै पनि कसैको पनि उपनिवेश नभएको जिकिर गर्दै आएका छन्।

विरोधपछि थोरपेले बीबीसीसँग कुराकानी गर्दै राजालाई ‘स्पष्ट सन्देश’ दिनका लागि आफूले उक्त कदम उठाएको बताइन्।

‘सार्वभौम हुनको लागि भूमि तपाईको हुनुपर्छ,’ उनले भनिन्, ‘उनी (राजा) यो देशका होइनन्।’

राजाले आदिवासीसँग शान्ति सन्धिबारे छलफल गर्न संसदलाई निर्देशन दिनुपर्ने उनको माग छ।

‘हामी त्यसको नेतृत्व गर्न सक्छौँ, हामी राम्रो देश बन्न सक्छौँ। तर हामी उपनिवेशकप्रति झुक्न सक्दैनौँ, जसका पुर्खाहरू सामूहिक हत्या र सामूहिक नरसंहारका लागि जिम्मेवार छन्,’ उनको भनाइ छ।

पारम्परिक पोसम छालाका कपडा लगाएकी थोरपेले २०२२ मा सिनेटरको रूपमा शपथ लिँदा स्वर्गीय महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेश’ भनेर सम्बोधन गरेकी थिइन्।

आदिवासी समुदाय र बाँकी जनसंख्याबीचको गरिबी, स्वास्थ्य, सम्पत्ति र शिक्षा र आपराधिक गतिविधिमा सहभागी हुने दरबीचको असमानतालाई कसरी सम्बोधन गर्ने भन्नेबारे अस्ट्रेलियामा लामो समयदेखि बहस भइरहेको छ।

गत वर्ष मात्र आदिवासी जनजातिलाई राजनीतिक अधिकार बढाउने सम्बन्धमा भएको जनमत संग्रह भएको थियो। जनमत संग्रहले उनीहरूको अधिकार विस्तार गर्ने कुरालाई अस्वीकार गरेको थियो। यसलाई ‘भ्वाइस’ भन्ने गरिन्छ।

थोरपे ग्रीन्सको सदस्यको रूपमा संसदमा निर्वाचित भएकी थिइन्। तर उसले भ्वाइसको समर्थन गरेकाले पार्टी छाडेर मानिसहरूको ध्यान आकर्षित गर्ने विरोध प्रदर्शन गरिरहेकी छन्।

सांसद थोरपेको विरोधको बावजुद धेरै अरू सांसदलगायत भने शाही परिवारका राजारानीलाई देखेर खुसी थिए। मानिसहरूले क्यानबेराको घाममा अस्ट्रेलियाको झण्डा फहराउँदै संसद भवन बाहिर बिहानै लामो लाइन बनाएका थिए।

२० वर्षीय जेमी कार्पासले भने राजारानीको भ्रमण जारी रहेको महसुस नै गर्न पाएका छैनन्। ‘यसअघि ह्यारी र मेघन यो स्थानमा आएका बेला म धेरै उत्साहित थिएँ। मलाई लाग्छ शाही परिवार अस्ट्रेलियाको संस्कृतिको हिस्सा हो। तिनीहरू हाम्रो जीवनको ठूलो हिस्सा हुन्,’ उनले भने।

यस्तै अस्ट्रेलियाली नेसनल युनिभर्सिटीका अमेरिकी-अस्ट्रेलियाली विद्यार्थी सीजे एडम्सले भने अनुभव लिनुपर्ने बताए। ‘उनीहरू (राजारानी) ब्रिटिश साम्राज्यका प्रमुख हुन्। क्यानबेरामा पनि प्राप्त गर्न सक्ने अनुभवहरू लिनुपर्दछ,’ उनले भने।

संसद भवन अगाडिको लनमा थोरै संख्यामा असन्तुष्ट पनि भेला भएका थिए।

क्यानबेराको शाही भ्रमण जहिले पनि अस्ट्रेलियाको आदिवासी जनजातिहरूसँगको इतिहासका कारण चर्चामा आउने गरेको छ। तर राजा र रानीका सामुन्ने थोरपेको नाराबाजी प्रारम्भिक रूपमा अनुमान गरिएभन्दा पनि बढी आक्रामक थियो।

विरोध सामना गरेको अघिल्लो दिन मात्र राजा र रानी क्यानबेरा आइपुगेका थिए। उनीहरूलाई राजनीतिज्ञहरू, स्कूले बालबालिका र आदिवासी जनजातिहरूको प्रतिनिधि गुन्नावाल एल्डर आन्टी सेरेना विलियम्सलगायतको ठूलो लाइनले स्वागत गरेको थियो।

उनीहरूलाई क्यानबेराको संसद भवनको ग्रेट हलमा डिगेरिडू (नरसिंगा जस्तै बाजा)को आवाजमा परम्परागत रूपमा स्वागत गरिएको थियो।

राजाले आदिवासी समुदायका बारेमा बोलेका पनि थिए। उनीहरूबाट सिकेका कुरा पनि उल्लेख गरेका थिए। आफ्ना कतिपय अनुभव पनि परम्परागत ज्ञानमा आधारित भएको उनको भनाइ थियो।

‘मेरो अस्ट्रेलियाको धेरै भ्रमणहरूमा मैले साहस र आशा देखेको छु। जसले मेलमिलापतर्फको लामो र कठिन यात्रालाई निर्देशित गरेको छ,’ उनले भने।

तर सम्बोधन सकेर बस्ने बित्तिकै थोरपेले लगाएको विरोधको नारा हलभर गुन्जिएको थियो।

यो विषयमा बकिंघम प्यालेसले आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन। बरु क्यानबेरामा राजारानीलाई हेर्न आएको भिडको विषय उल्लेख गरेको छ।

दरबार स्रोतका अनुसार शाही दम्पतीलाई समर्थन गर्न आएका हजारौँले उनीहरुप्रति गहिरो भाव प्रकट गरेका थिए।

बेलायती प्रधानमन्त्री सर केयर स्ट्रामरले अस्ट्रेलिया भ्रमणमा राजारानीले गरेका कामको प्रशंशा गरेका छन्। अस्ट्रेलियाका राजनीतिज्ञलाई राजाको भ्रमणले अप्ठेरो पारेको हो भन्ने प्रश्नमा स्ट्रामरले भने, ‘राजाले गजब गरिरहनु भएको छ। हाम्रो देशमा मात्र होइन। सबै कमनवेल्थ राष्ट्रमा पनि राजाले गजब गरिरहनु भएको छ।’

महारानी (कमनवेल्थ राष्ट्रकी समेत महारानी) एलिजावेश द्वितीयाको उत्तराधिकारी बनेपछि राजा चार्ल्सको यो पहिलो अस्ट्रेलिया भ्रमण हो। हालै मात्र उनमा क्यान्सर देखिएपछि यसअघिका राजा/रानीको भ्रमण भन्दा यो भ्रमण छोटो हुनेछ।

अस्ट्रेलिया कमनवेल्थ राष्ट्र हो। यसको राष्ट्रप्रमुख पनि बेलायतकै राजा/महारानी हुने गर्छन्।

राजतन्त्रात्मक व्यवस्था हटाएर गणतान्त्रिक बन्नु पर्ने कि नपर्ने भन्ने विषयमा अस्ट्रेलियामा बहस चल्दै आएको छ। सन् १९९९ मा यो प्रश्न जनमत संग्रह नै भएको थियो। र जनमतसंग्रह मात्र राष्ट्रको संविधान परिवर्तन गर्ने एक मात्र तरिका हो। तर गणतन्त्रमा जाने कुरा जनमत संग्रहले अस्वीकृत भएको थियो।

तर अहिले गणतान्त्रिक व्यवस्था अपनाउनपर्छ भन्नेहरू बढेको विभिन्न पोलले देखाएका छन्। लामो समयसम्म गणतान्त्रिक व्यवस्थाको वकालत गर्दै आएका देशका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भने सांसद थोरपेको विरोधभन्दा केही समयअघि मात्र राजासँग हात मिलाएका थिए।

यद्यपि अल्बानीज सरकारले गत वर्ष नै तत्कालै जनमतसंग्रह गर्ने विषयलाई अस्वीकार गरेको थियो।

क्यानबेराको युद्ध स्मारक भ्रणमपछि राजाले जनतासँग कुराकानी गर्नका लागि रोकिएका बेला एक अल्पाका (जनावर)लाई प्रेमपूर्वक सुम्सुम्याएका थिए। उक्त अलुपाकाले सानो मुकुट पहिरिएको थियो।

शनल बुशफायर बिहेवियर रिसर्च लेबोरेटरीको भ्रमणमा जानुअघि राजारानीको दम्पतीले गभर्मेन्ट हाउसअघि रुख पनि रोपेका थिए।

प्रकाशित: २०८१ कार्तिक ६ गते मङ्गलबार ०२:०४
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

रेमिट्यान्स बढ्यो, किन महंगो भयो नेपालीको भान्सा?

राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय सर्वसाधारणको भान्सामा प्रयोग हुने वस्तुको मूल्य बढेको देखाउँछ। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.७५ प्रतिशत पुगेको छ।

चौथो त्रैमाशमा आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण, विद्युतको मुख्य योगदान

विद्युत उत्पादन, प्रसारण, वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, आवास तथा भोजन सेवा लगायतका क्रियाकलापमा भएको वृद्धिले सहयोग गरेको कार्यालयले जनाएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना