२०८३ कार्तिक १८ गते मङ्गलबार

बाढीपहिरो : कोशीमा ३ अर्बभन्दा बढी क्षति, प्रदेशसँग छैन बजेट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ६
Biratnagar-Badhi-1024×552

विराटनगर- असोज ११ र १२ गते वर्षासँगै आएको बाढीपहिरो र डुबानका कारण कोशी प्रदेशमा ३ अर्ब भन्दा बढीको भौतिक नोक्सानी भएको छ। कोशी प्रदेशका १४ जिल्लामध्ये अधिकांश जिल्ला बाढीपहिरोले मुख्य रूपमा सडक, पुल, झोलुङ्गे पुल, खानेपानी र सिचाइका आयोजनाहरूलाई क्षति पुर्‍याएको छ।

प्रदेश सरकारको क्षमताभन्दा बढी नोक्सानी भएपछि यसलाई कसरी पुनर्निर्माण गर्ने भन्ने बारेमा प्रदेश सरकार अन्योलमा छ। पुनर्निर्माणका लागि रकम जुटाउन प्रदेश सरकारको पछिल्लो मन्त्रिपरिषद्को बैठकले मर्मतसम्भार तथा पुनर्निर्माण कोष स्थापना गर्ने निर्णय गरेको छ।

कोषमा प्रदेशका मन्त्री, सांसद र कर्मचारीहरूको केही दिनको तल कटौती गर्न आह्वान गर्ने र अर्थ विविधमा रहेको रकम उक्त कोषमा हाल्ने तयारी सरकारको छ।

‘प्रदेश सरकार सँग यस्तो विपतका लागि भनेर करिब १२ करोड जति मात्र रकम विनियोजन भएको रहेछ,’ आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले भने, ‘तर ३ अर्ब भन्दा बढीको भौतिक क्षतिको विवरण आएपछि कसरी अघि बढ्ने भन्ने चिन्ता बढेको छ।’

कोशी प्रदेशमा मात्र गएको असोज महिनामा भएको बर्सादका कारण बाढी पहिरोमा परि १३७ वटा सडक क्षति ग्रस्त भएका छन्। यसै गरी ३५ वटा सडक पुलमा क्षति पुगेको, ३१ वटा झोलुङ्गे पुलमा क्षति पुगेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सडक महाशाखा प्रमुख रमेश कुमार श्रेष्ठका अनुसार बाढी पहिरोले सडक, पुल तथा झोलुङ्गे पुलमा मात्र १ अब ७० करोड ९९ लाख बराबरको क्षति पुर्‍याएको छ।

क्षति पुगेका संरचना मर्मत तथा पुन निर्माणका लागि मन्त्रालयलाई तत्काल ३३ करोड ६५ लाख रकम आवश्यक पर्ने उनले बताए। आपत्कालीन आवश्यक लागि ६० लाख रुपैयाँ मात्र रकम रहेको मन्त्रालयले जनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा विपद् व्यवस्थापन कोषमा ७ करोड २० लाख रुपैयाँ छ।

यसैगरी कोशी प्रदेशमा जलस्रोत तथा सिचाइका ३ सय ४४ योजनामा क्षति पुगेको छ भने बाढीपहिरोमा परी १ सय ९२ वटा खानेपानी योजनाहरूमा क्षति पुगेको छ। १०४ वटा इन्टेकमा क्षति पुर्‍याउनुका साथै ८१ किलोमिटर पाइप लाइनमा क्षति पुर्‍याएको खानेपानी, सिचाई तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप वान्तवाले बताए।

खानेपानी र सिचाइमा मात्र १ अर्ब ३१ करोड भन्दा बढी क्षति भएको वान्तवाको भनाइ छ। कोशीका १४ जिल्लामध्ये सोलुखुम्बुबाहेक अन्य सबै जिल्लाहरूमा बाढीपहिरोले भौतिक क्षति गरेको थियो।

गएको असोज ९ गते देखि १४ गते सम्म परेको पानीका कारण बाढी पहिरोमा परि कोशी प्रदेश १८ जनाको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए। विपद् मा पारी ७ जना बेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

प्रकाशित: २०८१ कार्तिक ६ गते मङ्गलबार ०६:०४
प्रतिक्रिया

थप समाचार

नेपाल पुनर्बीमामा सरकारको लगानी थपिने, हकप्रद सेयरमा रकम जुटाउन बाटो खुल्यो

काठमाडौँः नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप लगानी गर्ने भएको छ। कम्पनीले जारी गर्ने हकप्रद सेयरमा सरकारको तर्फबाट लगानी गर्न मन्त्रिपरिषद्ले सहमति दिएको हो। कात्तिक १७ गते...

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...

काठमाडौँ आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ: नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना