वासिङटन डिसी- अमेरिकाको भर्जिनियामा रहेको नेपाली युवाहरूको क्लब मनासस नेपाली फुटबल क्लब (एमएनएफसी)ले रक्तदान कार्यक्रम गरेको छ।
आइनोभा ब्लड डोनर्स सर्भिसेसको सहकार्यमा २६ अक्टोबर २०२४ मा रक्तदान कार्य सम्पन्न गरेको हो।
रक्तदान जीवनदानको पवित्र उद्देश्यका साथ सञ्चालित उक्त कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो। १५ दाताहरूले कार्यक्रममा रक्तदान गरेका थिए।
सो कार्यक्रममा सहभागी भएर रक्तदान गर्ने दाताहरू, स्वयंसेवकहरू र आइनोभा ब्लड डोनर्स सर्भिसेसका कर्मचारीहरूका साथै कर्यक्रम सफल बनाउन विभिन्न रूपमा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई आयोजक संस्था एमएनएफसीले प्रशंशा गरेको छ।


