२०८३ कार्तिक ११ गते मङ्गलबार

दीपक गिरीको निम्तोमा शेखर समूहको भेला, के भयो छलफल?

 |  Untitled
Sanket

Untitled

काठमाडौं, चैत २
shekhargagan

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले सरकारमा सहभागी हुने विषयमा सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ। बिहीबार नक्सालस्थित एक होटलमा भएको समूहको भेलाले सरकारमा जाने विषयमा सभापति देउवासँग छलफल गरेर मात्रै नाम टुंगो लगाउने निष्कर्ष निकालेको हो। भेला केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीको निम्तोमा बोलाइएको थियो।

‘दीपक गिरीको निम्तोमा भेला भएका थियौं। त्यहाँ सरकारमा जाने विषयमा सभापतिसँग छलफल गर्ने भन्ने भएको छ। हामीले पाउने संख्या निर्धारण भएपछि सामूहिक छलफलपछि थप निर्णय लिनेछौं,’ छलफलमा सहभागी नेता गुरुराज घिमिरेले भने। उनका अनुसार भेलामा विगतमा एमाले-माओवादीबीच बनेको गठबन्धनको सरकार, गठबन्धन भत्किएर बनेको नयाँ समीकरण, राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचन, सरकारमा जाने विषय र स्ववियू निर्वाचनका सन्दर्भमा छलफल भएको थियो।

‘समसामियक राजनीतिको समीक्षा भयो। नेताहरुले आ-आफ्ना धारणा पनि राख्नुभयो,’ घिमिरेले भने, ‘छलफल पातलियो, अब अलि बाक्लो गरौं। छलफललाई घनिभूत बनाएर अघि बढौं भन्ने विषयमा कुराकानी भयो।’

भेलामा नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सह-महामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, नेता अर्जुननरसिंह केसीलगायतले धारणा राखेका थिए। भेलामा पार्टी पदाधिकारी, समूहका प्रभावशाली नेता र सांसदहरु उपस्थित थिए।

प्रकाशित: २०७९ चैत २ गते बिहिबार ०७:०६
प्रतिक्रिया

थप समाचार

राजतन्त्रसम्बन्धी देउवाको भनिएको धारणाप्रति कांग्रेसको आपत्ति

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राजतन्त्रसम्बन्धी धारणाप्रति कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयले बिहीवार विज्ञप्ति जारी गर्दै सभापति देउवाको...

कांग्रेसले भन्यो- पाकिस्तानमाथि भारतको ‘अप्रेसन सिन्दूर’ जायज

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले भारतले पाकिस्तानी क्षेत्रमा गरेको हवाई आक्रमण 'अप्रेसन सिन्दूर'लाई जायज भनेको छ। शुक्रवार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले...

नीति तथा कार्यक्रमको समीक्षा गर्दै एमाले-कांग्रेस

काठमाडौँ- सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संसदीय दलको बैठक बोलाएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको सरकारको...

वैशाख १७ देखि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १७ गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा वैशाख १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद...

कांग्रेस एमालेसँग मिसिन गएको होइन, फोहोर सफा गर्न गएको हो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग सहकार्य गर्दा अपेक्षित रुपमा जनताले चाहेका काम पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना