२०८३ कार्तिक १३ गते बिहिबार

साम्बाका आमाबुबा भन्छन्- हिजो हाम्रो आँखा छलीछली खेल्थी, अहिले आँखा झिमिक नपारी हेर्छौँ

 |  रासस
Sanket

रासस

काठमाडौँ, कार्तिक १४
sabitra_parents

लमजुङ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला काठमाडौँमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त छिन्। उनी नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी हुन्। गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले ‘साम्बा’ अरु नेपाली खेलाडीभन्दा बढीजसो चर्चामा छिन्।

हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी भण्डारी सोमबार नेपाल र भारतबीचको सेमिफाइनलपछि झन चर्चामा छिन्। नेपाललाई विजयी गराउँदै फाइनलमा पुर्‍याएसँगै भण्डारीको चर्चा चुलिएको छ। खेलमार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भण्डारी लमजुङको तत्कालीन सिम्पानी गाविस–७ हाल मस्र्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किएकी हुन्।

थमन भण्डारी र मुना भण्डारीको कोखबाट माइली छोरीका रुपमा जन्मिएकी उनको जन्म भने २०५३ जेठ १५ गते हिमाली जिल्ला मनाङस्थित चामेमा भएको हो।

भण्डारीका बुबा थमन र आमा मुना छोरीको प्रगति देखेर दङ्ग छन्। उनकी आमा मुनाले भनिन्, ‘हामीले दुःख गरेर हुर्काएकी छोरी हो, केही गर्छिन् भन्ने त लाग्थ्यो। तर फुटबल खेलेर यति प्रगति गर्छिन् भन्ने हामीले सोचेकै थिएनौँ।’ भण्डारी नौ/दश वर्षको उमेरदेखि साथीभाइ बटुलेर फुटबल खेल्थिन। ‘जति बेला पनि फुटबल मात्र खेल्ने, काम गर्न लगायो भने काम गरेजस्तो गर्ने, हाम्रो आँखा छलेरै फुटबल खेल्थिन।’

भण्डारीका बुबा–आमाले अह्राएको काम नगरेर खाली फुटबल मात्र खेलेको देख्दा उनलाई दिनुहुँ गाली गर्थे। उनलाई भने बुबा–आमाको गालीको कुनै पर्वाह हुन्थेन। साम्बाको एउटै मात्र उद्देश्य थियो, जसरी पनि सफल फुटबल खेलाडी बन्ने र नेपालको टोलीबाट खेल्ने।

‘काम छोडेर खेल्न मात्र जाने भनेर हामी छोरीलाई सधैँ कराउँथ्यौँ, हामीलाई त्यति बेला सबैभन्दा ठूलो घरको काम गर्नु नै हुन्थ्यो, तर ऊ काम, पढ्नभन्दा फुटबल खेल्न मात्र खोज्ने’ भण्डारीकी आमा मुनाले भनिन्, ‘काली धेरै बल मात्र खेल्न खोज्ने भन्दै कुट्ने पनि गरेँ, हामीलाई त्यति बेला यस्तो राम्रो फुटबल खेलाडी हुन्छिन जस्तो लाग्दैनथ्यो।’

आमा मुना साम्बालाई निकै दुःखले हुर्काएको बताउँछिन्। ‘सानैदेखि हामीले साँझ बिहान घाँस काट्न मात्र लगाउँथ्यौँ, अरु धेरै काम त हुँदैनथ्यो, केटीले गर्नेभन्दा केटाहरुले गर्ने काम बढी गर्न खोज्ने बानी थियो। १४÷१५ वर्षको उमेरमा उसले गोरु जोत्न थालिन, आली लगाउने, चाडपर्वमा गाउँमा अरूको खसीबोका मार हान्दै हिँड्थिन्’, आमा मुनाले गाउँमा छँदा साम्बाको दिनचर्या सुनाइन्।

सावित्रा जतिबेला पनि मोजाको बल लुकाएर विद्यालय जान्थिन्। अरु बेला पनि बलसँगै लैजाने गर्थिन्। गाउँमा साथीभाइ बटुलेर जतिबेला पनि फुटबल खेल्ने गरेकी उनका बुबा थमन बताउँछन्। ‘प्रायःजसो केटी साथीहरुभन्दा पनि केटा साथीहरु। अझ ठूल्ठुला दाइहरुसँगै बल खेलेर हुर्किएकी हुन्’, उनले भने।

सावित्राका लागि सबैभन्दा महत्वपूर्ण काम फुटबल खेल्नु मात्र हुन्थ्यो। ‘जति बेला पनि बल खेल्ने। त्यो पनि बढीजसो केटाहरुसँग खेल्ने हुँदा गाउँलेहरुले छोरी मान्छे भएर पनि केटाहरुसँग बल खेलेर हिँड्छ भन्दै तेरो छोरी बिग्रियो भनेर कुरा काट्ने गर्दथे, तर अहिले उसैले गाउँको जिल्लाको र देशकै नाम राखेको छ, आज समय बदलियो, हिजो कुरा काट्ने उनै गाउँलेहरु प्रशंसा गर्दै हिँडेका छन्’, बुबा थमनले भने।

पहिला पनि र अहिले पनि सावित्राको काम फुटबल खेल्नु मात्रै भयो। उनले देशकै नाम राख्न सफल भएकामा बुबा आमा औधी खुसी छन्। बुबा थमनले भने, ‘सावित्राको स्वभाव छोरा मान्छेको जस्तो छ, १० वर्षको उमेरदेखि नै छोटो छोटो कपाल बनाउने, सर्ट पाइन्ट लगाउने, कुर्ता सुरुवाल लगाउन मान्दैन थिइन्। छोरी मान्छेले भन्दा छोरा मान्छेले गर्ने काम नै गर्न बढी रुचाउँथ्यो।’

सावित्राका बुबा थमन स्वास्थ्य कार्यालय मनाङमा कार्यालय सहयोगीको जागिरे थिए। मनाङमै हुँदा सावित्राको जन्म भएको हो। उनी चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयमा नर्सरीमा भर्ना भइन्। पछि पाँच वर्षको उमेर हुँदा आमा मुनासँगै लमजुङ फर्किन्। बुबा थमन भने जागिरका सिलसिलामा मनाङमै बढीजसो बसे। उनले मनाङमा २०४४ सालमा जागिर खाए। विसं २०४६ मा उनी स्थायी भएर ३४ वर्ष सेवा गरेर मात्र थमन लमजुङ फर्किए।

‘त्यो बेलामा मेरो एउटा जागिरले घर व्यवहार चलाउनेदेखि चार छोरी, दुई छोरालाई पढाउन हुर्काउन निकै समस्या थियो। तर अहिले हामीलाई छोरी सावित्राले हेरेको छ। अब हामीलाई पहिलाको जस्तो दुःख छैन’, बुबा थमनले खुसी हुँदै भने।

सावित्राले गाउँकै सरस्वती सदन आधारभूतमा नर्सरीदेखि कक्षा ७ सम्म पढिन्। गणेश माविमा कक्षा ८ देखि ९ सम्म पढिन्। ‘उक्त विद्यालयमा ९ कक्षा पढ्दै गर्दा खुदीस्थित अमर माविका शिक्षक श्यामबहादुर थापाले राम्रो फुटबल खेल्दो रहेछ, यस्तो खेलाडी हाम्रो विद्यालयमा पढ्नुपर्छ भन्दै आफ्नो विद्यालयमा भर्ना गरिदिनुभयो’, बुबा थमनले भने, ‘जतिबेला पनि फुटबल खेले पनि सावित्राको पढाइ पनि राम्रै थियो।’

सावित्रालाई आफ्नै गाउँ नजिकै रहेको खुदीस्थित मनास्लु युवा क्लबको टोलीमा सहभागी भएर फुटबल खेल्ने अवसर मिल्यो। उक्त क्लबमा आबद्ध भएर उनी क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एसियाकै नमूना घलेगाउँमा आयोजना गरिएको फुटबल प्रतियोगितामा सहभागी भएकी थिइन्। महिला फुटबल प्रतियोगितामा उनी सहभागी भएको मनास्लु युवा क्लब प्रथम भयो।

बुबा थमनले भने, ‘छोरीको खेल उत्कृष्ट देखेर तत्कालीन रेफ्री शुक्र लामाले महिला फुटबल खेलाडीका रूपमा राष्ट्रिय स्तरसम्म पुग्ने अवसर दिनुभयो। काठमाडौँ जान्छु भनेर खबर गरिन्। म मनाङमै थिए। दुईचार दिन खेत रोपेर जाने सल्लाह दिएँ, म घर आएपछि काठमाडौँ पठाएँ।’

काठमाडौँ गएपछि सावित्राले सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा जागिर खाइन्। तर बुबा आमालाई भने छोरीले जागिर खाएको दुई वर्षपछि मात्र थाहा भयो। ‘दुई वर्षपछि मात्र जागिर खाएको खबर दिइन्’, बुबा थमनले सुनाए।

सावित्रा सशस्त्र प्रहरी बलमा सहजै भर्ती भएका उनका बुबा आमा खुसी भए। ‘मैले भर्ती भएपछि किन यही फुटबल क्षेत्र रोजेको भनेर सोधेँ। तर सावित्राले फुटबल खेल्न पाउने र आफूले चाहेको क्षेत्रमा काम गर्न सजिलो हुने भन्दै जवाफ दिइन्’, उनले भने।

सावित्राको खेल बुबाआमाले मोबाइलबाट हेर्ने गर्छन्। साम्बाका खेल त सकेसम्म आँखा नझिम्क्याई। साँझ सधैँ मोबाइलबाटै खेलकुद गतिविधि हेर्ने गरेको बुबा थमनले बताए। सावित्राले कक्षा ६ देखि खेल्दै आएको मोजाको बल बुबाआमाले घरमा सुरक्षित राखेका छन्।

सावित्राका छिमेकी मधुराम भण्डारी उनले मोजाको बल बनाएर खेल्ने गरेको सम्झिन्छन्। उनले भने, ‘सावित्राको प्रगति देखेर खुसी लागेको छ, देशको नाम राखेको छ। अझै राज्यले खेलकुद क्षेत्रको विकास गर्नुपर्छ। हामी पहिला सँगै बल खेल्थ्यौँ, हामीले उसलाई बल टिप्न लगाउँथ्यौँ, उसको चन्चले स्वभाव थियो, केही गर्लाजस्तो लाग्थ्यो, निडर स्वभाव थियो।’

गाउँमा केटाहरु खेलिरहँदा पनि सावित्रा एक्लै मिसिएर बल खेल्न सहभागी हुने गर्थिन्। सावित्राको भाइ आषिस भण्डारीले भने, ‘दिदी बल समाएर हिँडेपछि हामीहरु पनि पछिपछि लागेर खेल्ने गर्दथ्र्यौं। कहिलेकाहीँ हामीले खेल्न मन नलागेको बेलामा दिदीले कुटेर भए पनि खेल्न लगाउनुहुथ्यो।’

सावित्राका आफन्तजन तथा गाउँलेको धोको साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको हेर्ने छ। सावित्राले लमजुङस्थित गाउँको खेतका गहरादेखि दशरथ रङ्गशाला हुँदै युरोपको रङ्गाशालासम्मको यात्रा तय गरेकामा गाउँका सबै खुसी छन्।

 

प्रकाशित: २०८१ कार्तिक १४ गते बुधबार ०६:१५
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना