२०८३ कार्तिक १८ गते मङ्गलबार

पर्यटन बोर्डको सेल प्रतियोगितामा कसले पाए चामल पुरस्कार?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १७
selroti (4)

काठमाडौँ-  उज्यालोको पर्व तिहारको अवसर पारेर काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको प्राङ्गणमा सेलरोटी पकवान प्रतियोगिता–२०८१ गरिएको छ।

सेलरोटीबिनाको तिहार खल्लो हुने नेपाली मान्यता रहिआएकाले ‘मौलिक संस्कृति बचाउँ र पर्यटनमा टेवा पुर्याउँ’ भन्ने उद्देश्यका साथ पहिलोपटक प्रतियोगिता गरिएको हो।

नेपालीको अति लोकप्रिय, पवित्र र पौराणिक खानेकुरा सेलरोटीप्रतिको मौलिकता बचाइराख्न पनि महिला दिदीबहिनीहरुको सहभागितामा प्रतियोगिता गरिएको हो।

ट्रिनिटी मार्केटिङ एण्ड इभेन्ट म्यानेजमेन्टको संयोजनमा नेपाल पर्यटन बोर्ड, पर्यटन पत्रकार संघ (जाट–नेपाल), सेफ एसोसियसन अफ नेपाल, महिला उद्यमी संघ, उनी वस्तु विकास संघ, पर्ल वासमती चामल, निभिया लोसन, डेवान्स इन्जिनियरिङ, किवानिस क्लब अफ मेरिगोल्ड, किवानिस क्लब अफ धौवलागिरी लगायतको सहयोगमा प्रतियोगिता गरिएको हो।

पूर्व सांसद नवराज सिलवालले सेलरोटी पकाएर प्रतियोगिताको उद्घाटन गरेका हुन्। कार्यक्रममा शुभकामना दिँदै पूर्व सांसद सिलवाले परम्परागत खाना एवं संस्कृतिको संरक्षणमा लाग्नु आफैंमा सुखद पक्ष रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा पर्यटन पत्रकार संघ (जाट–नेपाल) का अध्यक्ष देवीप्रसाद पन्तले मौलिक खाना सेलरोटीको जगेर्नासँगै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।

प्रतियोगिताकी संयोजक साबित्री ढुंगानाले महिला दिदीबहिनीहरुको आफ्नो मौलिक सिप एवं कलालाई प्रतियोगितामार्फत उजागर गर्दै संरक्षणमा आगामी दिनमा थप हौसला प्रदान गर्न आफूहरु लागिपरेको बताइन्।

प्रतियोगितामा काठमाडौं उपत्यकाका २६ जना महिलाहरुको १३ समूह सहभागी भएको थियो। सहभागीहरुमध्ये प्रथम, द्वितीय र तृत्तिय स्थान हासिल गर्नेलाई मेडल, सम्मानपत्र र पुरस्कारस्वरुप चामल प्रदान गरिएको थियो।

प्रथम हुनेमा पम्फा सुनुवार र भूमादेवी शाक्यको समूह, द्वितीय हुनेमा अप्सरा गौतम र सीता गौतम न्यौपाने तथा तृतीयमा हुनेमा हेमकुमारी रिजाल र शोभा रिजालको टिम रहेका थिए। प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्रले सम्मान गरिएको थियो।

प्रतियोगिताको निर्णायकहरुमा सेफ एसोसियसन अफ नेपालका निवर्तमान अध्यक्ष एवं सेफ एसोसियसन फाउण्डेसनका सञ्चालक श्याम लामा, वरिष्ठ सेफ रत्नबहादुर थापा, सेफ एसोसियसन अफ नेपालका महासचिव पदम आलेमगर रहेका थिए।

निर्णायकहरुले सेलरोटी बनाउँदा ध्यान दिनुपर्ने पक्षहरु, मिश्रण गर्न सकिने सामग्रीलगायतबारे प्रतियोगीहरुलाई जानकारी दिँदै हौसला प्रदान गरेका थिए।

नेपाली समाजमा तिहार, विशेष पर्व, पूजा, विवाह, धार्मिक कार्य लगायतमा सेलरोटीको पकवानको विशेष महत्व रहेको छ।

प्रकाशित: २०८१ कार्तिक १७ गते शनिवार ०६:५२
प्रतिक्रिया

थप समाचार

नेपाल पुनर्बीमामा सरकारको लगानी थपिने, हकप्रद सेयरमा रकम जुटाउन बाटो खुल्यो

काठमाडौँः नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप लगानी गर्ने भएको छ। कम्पनीले जारी गर्ने हकप्रद सेयरमा सरकारको तर्फबाट लगानी गर्न मन्त्रिपरिषद्ले सहमति दिएको हो। कात्तिक १७ गते...

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...

काठमाडौँ आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ: नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना