ललितपुर– तीन दिनसम्म चलेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ। १६ बुँदे प्रस्ताव पारित गर्दै बैठक सकिएको हो। बैठकले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पारित गरेको छ।
प्रस्तावले नक्कली भुटान शरणार्थीको विषयलाई पनि समावेश गरेको छ। यो प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीका लागि माग गरिएको छ।
‘विगत लामो समयदेखि भित्रभित्रै चलिरहेको नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगी धन्दा हालै सहतमा आएको छ। यो बैठक उक्त प्रकरणको कुनै पनि राजनीतिक पूर्वाग्रह र दबाब बिना निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछ,’ प्रस्तावमा भनिएको छ।
यस्तै एमालेले लडाकु शिबिर घोटाला काण्डको पनि छानबिन गर्न माग गरेको छ। यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग हुने एमालेले पारित प्रस्तावमा उल्लेख गरेको छ।
‘यो बैठक लडाकु शिविर (क्यान्टोन्मेन्ट) घोटाला काण्डलगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ,’ पारित प्रस्तावमा भनिएको छ।
प्रस्तावको पूर्णपाठ


