रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले आफूले चुनाव जितेको घोषणा गरेका छन्।
फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उनले आफूले चुनाव जितेर राष्ट्रपति बन्न लागेको घोषणा गरेका हुन्।
पत्नी मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेरले उनले आफूले चुनाव जितेको घोषणा गरेका हुन्। ।
ट्रम्पले भने, ‘यो अमेरिकाको लागि “स्वर्ण युग” हुनेछ।’ यो अमेरिकाका जनताका लागि उत्कृष्ट जित हो। जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ।’
ट्रम्पको अभियानको नारा थियो- मेक अमेरिका ग्रेट अगेन। त्यो हो, अमेरिकालाई फेरि महान् बनाउने। ट्रम्पले आफ्नो जितको घोषणा गरे पनि निर्वाचन गराउने जिम्मेवारी पाएको निकायले यसको औपचारिक घोषणा भने गरिसकेको छैन।
‘अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको छ,’ ट्रम्पले भने।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल कलेज भोट प्राप्त गर्नुपर्छ। बीबीसीले अपडेट गरेको पछिल्लो विवरण अनुसार हालसम्म ट्रम्पले २६६ इलेक्टोरल कलेज भोट पाएका छन्।
ट्रम्पसँगै प्रतिस्पर्धा गरेकी कमला ह्यारिसले २१९ इलेक्टोरल कलेज भोट पाएकी छन्। नतिजा प्राप्त हुने क्रम जारी छ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई विजयी भएको भन्दै बधाई दिएका छन्।
‘मेरो मित्र डोनाल्ड ट्रम्पलाई उनको ऐतिहासिक चुनाव जितको लागि बधाई छ,’ उनले भनेका छन्। भारत-अमेरिका रणनीतिक साझेदारी, विश्व शान्ति, स्थिरता र समृद्धिको लागि कामको व्यापक वैश्विक र रणनीतिक साझेदारीलाई सुदृढ र सुदृढ हुने आशा गर्दछु।’
Heartiest congratulations my friend @realDonaldTrump on your historic election victory. As you build on the successes of your previous term, I look forward to renewing our collaboration to further strengthen the India-US Comprehensive Global and Strategic Partnership. Together,… pic.twitter.com/u5hKPeJ3SY
— Narendra Modi (@narendramodi) November 6, 2024


