काठमाडौँ– मारवाडी युवा मञ्च, नेपालले पर्सनल ब्रान्डिङ तालिम प्रदान गर्ने भएको छ। मञ्चको ३१औँ स्थापना दिवसको अवसरमा तालिम प्रदान गर्न लागिएको हो।
जेठ ३ गते काठमाडौँस्थित मारवाडी सेवा समिति नेपाल, फसिकेवमा तालिम सञ्चालन गरिने जानकारी मञ्चले दिएको छ। तालिम साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। अन्तर्राष्ट्रिय करपोरेट ट्रेनर मानसी अग्रवालले तालिम प्रदान गर्नेछिन्।
तालिममा सहभागी हुनका लागि पूर्वदर्ता गर्नपर्ने मञ्चले जानकारी दिएको छ। इच्छुकले लिंकमा क्लिक गरी खुल्ने फारम भरी दर्ता गर्न सकिने छ मञ्चले जानकारी दिएको छ।
