२०८३ कार्तिक १८ गते मङ्गलबार

‘ढुङ्गाना र तुलाधर बिना नेपालमा शान्ति सम्भव थिएन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ५
padmaratna_daman
पुराना वामपन्थी नेता तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरसँग मिलेर ढुङ्गानाले विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि भूमिका निर्वाह गरेका थिए।

काठमाडौँ- नेपालको लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पु¥याउन र १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने कार्यमा पूर्वसभामुख दमननाथ ढुङगाना र पूर्वमन्त्री पद्मरत्न तुलाधरको विशिष्ट योगदान रहेको स्मरण गरिएको छ।

तत्कालीन सरकार र विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको आज १८ वर्ष पूरा गरेको अवसरमा शान्ति सम्झौतामार्फत द्वन्द्व व्यवस्थापन गर्दै मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराउन उनीहरुको योगदान सदासर्वदा स्मरण भइरहने धारणा व्यक्त गरिएको हो।

अधिकारकर्मी प्राध्यापक कपिल श्रेष्ठले तुलाधर आफैँ वामपन्थी भएकाले माओवादीसँगको भावनात्मक सम्बन्ध र निकटता रहेको उल्लेख गरे। उनले ढुङ्गानाको लोकतन्त्र र शान्ति प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता र इमान्दारीका कारण सत्तापक्ष र विद्रोहीलाई शान्ति सम्झौता ल्याउन सम्भव भएको प्रतिक्रिया दिए।

उनले भने, ‘दुवै जना दिवङ्गत भइसके पनि नेपालको शान्ति प्रक्रिया अघि बढ्नुमा ढुङगाना र तुलाधरको अत्यन्त ठूलो योगदान छ भनी सबैले स्वीकार गरेको विषय हो।’ स्वतन्त्र वामपन्थी तथा मानवअधिकारकर्मी तुलाधरको विसं २०७५ कात्तिक १८ गते र संविधानका ज्ञाता ढुङ्गानको यही मङ्सिर २ गते निधन भएको थियो।

प्राध्यापक श्रेष्ठले उनीहरुले नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गर्दै मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। ‘शान्ति प्रक्रियाको महत्वपूर्ण विशेषता भनेको नेपालीहरु आफैँले पहिल्याएको बाटो हो। अप्ठ्यारो परेका बेला जस्तोसुकै समस्या समाधान गर्न नेपाली आफैँ सक्षम छन् भन्ने सन्देश यसमार्फत विश्व समुदाय दिन सफल भएको छ।’

पछिल्लो समय सङ्क्रमणकालीन न्यायका सम्बन्धमा संसद्मा निकै लामो बहस र छलफलपछि कानुन पारित भएको छ। सङ्क्रमणकालीन न्यायमार्फत द्वन्द्वको घाउलाई किनार लगाउन सकियोस् भन्नेमा तुलाधर र ढुङ्गाना चिन्तित थिए। राजनीतिक विश्लेषक श्याम श्रेष्ठ फरक राजनीतिक अभ्यास गरिरहेका तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीलाई एकै ठाउँमा ल्याउन तुलाधर र ढुङ्गाले अथक मेहनत गरेको उनले स्मरण गरे।

‘मिल्न नसकेका दुवै पक्षलाई आपसमा विचार आदानप्रदान गरी मिलन बिन्दु पत्ता लगायर शान्ति प्रक्रियामा ल्याउन उहाँहरुको ऐतिहासिक योगदान थियो’, श्रेष्ठले भने, ‘त्यतिखेर उहाँहरुले मध्यस्थता नगरेका भए यति छिटो शान्ति प्रक्रिया ल्याउन असम्भव थियो।’

उनीहरुकै पहलमा दुवै थरीलाई साझा मुद्दा पहिल्याइ शान्ति वार्ता हुँदै बाह्र बुँदे समझदारीसम्म ल्याउन सहयोग गरेको श्रेष्ठको भनाइ छ। ‘माओवादी संविधानसभाभन्दा तल नमान्ने, अन्य दल संसदीय व्यवस्था नछाड्ने, माओवादीलाई बहुदल र संसदवादी दललाई संविधानसभा मान्न लगाउने गरी मिलन बिन्दु पहिल्याउन उहाँहरुको योगदान छ’, उनले भने, ‘तुलाधर र ढुङ्गाना बिनाको शान्ति सम्झौताको परिकल्पना गर्न सकिँदैनथ्यो, पछाडि कुनै बिन्दुमा हुन्थ्यो होला, यति छिटै नेपालमा शान्ति नआउन सक्थ्यो।’

प्रकाशित: २०८१ मङ्सिर ५ गते बुधबार ०४:१७
प्रतिक्रिया

थप समाचार

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

८० वर्षीय गोविन्दबहादुरको रहरलाग्दो सुपारीखेती …

उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन्। डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ। लहरै लाइन मिलाएर...

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते

काठमाडौँ: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी...

तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौँका ३३ स्थान तोकिए

काठमाडौँः काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री–वितरणका लागि महानगर क्षेत्रभित्रका ३३ स्थान तोकेको छ। महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना