२०८३ कार्तिक १८ गते मङ्गलबार

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

 |  डा विपिन अधिकारी
Sanket

डा विपिन अधिकारी

काठमाडौँ, कार्तिक १८
bipin_adhikari

सार्वजनिक खरिद ऐन, २०६३ सुशासनका सम्बन्धमा अत्यन्त महत्त्वपूर्ण ऐन हो। प्रधानमन्त्रीको छायामुनि यसको उपहास नहोस् भन्ने विषयमा प्रधानमन्त्री बालेन शाहको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक छ।

सार्वजनिक खरिदसम्बन्धी निर्णयहरू कानुनले तोकेको प्रक्रिया, पारदर्शिता र निष्पक्षताको आधारमा हुनुपर्छ; न कि दबाब, प्रभाव वा स्वेच्छाचारिताका आधारमा।

कानुनद्वारा प्रदत्त स्वविवेकीय अधिकार बाह्य निर्देशनमा प्रयोग गरिनु ‘डक्ट्रिन अफ एक्टिङ अन्डर डिक्टेसन’ विपरीत हुन सक्छ। ‘रुल अफ ल’मा कार्यकारी अधिकार कानुनभन्दा माथि हुँदैन।

सुनकोशी–मरिण आयोजनाको बोलपत्र प्रक्रिया रद्द गराउन दुई सहसचिवलाई प्रहरीमार्फत नियन्त्रणमा लिई प्रधानमन्त्री कार्यालयमा दबाब दिइएको भन्ने समाचार अत्यन्त गम्भीर संवैधानिक तथा कानुनी प्रश्नसँग सम्बन्धित छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ (२) ले कानुनविपरीत भएको खरिद बदर हुने व्यवस्था गरेको छ।

तर, बोलपत्र प्रक्रिया रद्द गर्ने विशिष्ट आधार र कार्यविधि दफा २६ मा छन्। त्यसैले दफा २६ का सर्त पूरा नगरी वस्तुनिष्ठ कारण नखुलाई गरिएको रद्द निर्णय न्यायिक पुनरावलोकनबाट बदर हुन सक्छ। प्रक्रियाको कुरा गर्ने हो भने कानुनी आधारबिना सरकारी कर्मचारीलाई नियन्त्रणमा राखी निर्णय गराउन बाध्य पारिएको प्रमाणित भएमा त्यो घोषित कानुन, विधिको शासन र प्रशासनिक प्रक्रिया माथिको अतिक्रमण हुनेछ।

कानुनबमोजिम स्वतन्त्र विवेक प्रयोग गर्नुपर्ने अधिकारीलाई बाह्य दबाबमा निर्णय गराउनु अधिकारको दुरुपयोग तथा बदनियतपूर्ण प्रशासनिक कार्यको प्रश्न हो।

समाचारका आरोप प्रमाणित भएमा यो सामान्य खरिद विवाद मात्र नभई संवैधानिक अधिकार, प्रशासनिक वैधता र सम्भावित फौजदारी जवाफदेहिताको विषय बन्न सक्छ।

तसर्थ पक्राउको कानुनी आधार, निर्देशन दिने अधिकारीको अधिकारक्षेत्र र बोलपत्र रद्द गर्ने निर्णयको वैधतामाथि स्वतन्त्र अनुसन्धान तथा न्यायिक परीक्षण आवश्यक छ।

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

(अधिकारी वरिष्ठ अधिवक्ता एवं संविधानविद् हुन्।)

प्रकाशित: २०८३ कार्तिक १८ गते मङ्गलबार १२:२३
प्रतिक्रिया

थप समाचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना