२०८३ कार्तिक १८ गते मङ्गलबार

शंकर पोखरेलको प्रश्न- एमाले नेतृत्वविरुद्ध कसले र किन गरिरहेको छ कुप्रचार?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ७
Shankhar_pokharel

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र त्यसको नेतृत्वविरुद्ध षड्यन्त्रपूर्ण ढंगले कुप्रचार भइरहेको दाबी गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले वर्तमान सरकार र आफ्नो पार्टीले मुलुकको हितमा काम गरिरहँदा पनि विभिन्न प्रकारले एमाले र त्यसको नेतृत्वलाई बदनाम गर्ने प्रयास भइरहेको बताएका हुन्।

काम गर्नेलाई हौसला दिन र कमीकमजोरी भए सुधारका लागि सुझाव दिन पनि पोखरेलले आग्रह गरेका छन्।

‘काम गर्नेलाई हौसला देऊ, कमीकमजोरी भए सुझाव देऊ, विकल्प भए विकल्प देऊ,’ नेता पोखरेलले नौ बुँदामा विभिन्न प्रश्नहरु गर्दै भनेका छन्, ‘अस्थिरता सिर्जना गर्ने उद्देश्यअनुरुप प्रायोजित रुपमा सिर्जित षडयन्त्र र भ्रमवाट समाज र राजनीतिलाई मुक्त गरौँ।’

पाेखरेलले सामाजिक सञ्जालमा लेखेका छन्

नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कस्को प्रायोजनमा भइरहेको छ ?

के नेकपा(एमाले)ले स्वाधिनता, स्वभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?
नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरु अघि वढाउनु, सुरुङ,रेल र पानी जहाजको योजना अघिसार्नु ग़लत हो ?
नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरुवाट सहुलितपूर्ण ऋण सहायता लिनु के ग़लत हो ?
नेपाललाई भूपरिवेष्ठित मुलुकवाट भूजडित मुलुकमा वदल्नका लागि उत्तरी छिमेकी चिनसंग व्यापार र पारवाहन संझौता गर्नु गलत हो ?
के भारतको कलकत्ता पोर्टको विकल्पका रुपमा भारतवाट थप वन्दरगाहा प्रयोगको अधिकार सुनिश्चित गर्नु ग़लत हो ?
के नेपालले भैरहवा गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि भारतसंग अनुकुल एअररुटको माग गर्नु गलत हो ?
के नेपालले आफूलाई स्वाधिन राष्ट्रकारुपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?
के राष्ट्रको विकास र समृद्धिका लागि सहुलितपूर्ण ऋण सहायता परिचालन गर्नु ग़लत हो ?
यदी यसो गर्नु ग़लत लाग्छ भने नेकपा(एमाले)को विरोध जायज हुन सक्छ । होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देऊ।
काम गर्नेलाई हौसला देऊ। कमीकमजोरी भए सुझाव देऊ। विकल्प भए विकल्प  देऊ।
अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरुप प्रायोजित रुपमा सिर्जित षडयन्त्र र भ्रमवाट समाज र राजनीतिलाई मुक्त गरौँ।

प्रकाशित: २०८१ मङ्सिर ७ गते शुक्रबार ०१:४१
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना