पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ पठाउने तयारी भएको छ।
सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविसंग कास्की प्रहरीले बयान लिएकाले काठमाडौँ पठाउने तयारी थालिएको हो।
रविलाइ मंगलवार काठमाडौँ पठाउने तयारी भएको कास्की प्रहरीले जानकारी दिएको हो। कात्तिक २ गते काठमाडौमा पक्राउ परेका रविलाइ थप १५ दिन हिरासतमा राख्न कास्की प्रहरीले अनुमती आइतबार मात्रै दिएको छ।
काठमाडौ, रुपन्देही र चितवनका जिल्ला अदालतले रविलाइ पक्राउ गर्न अनुमति दिएका छन्।


